जनशक्ति अभावमा भेन्टिलेटर १५ महिनादेखि थन्कियो | Khabarhub Khabarhub

जनशक्ति अभावमा भेन्टिलेटर १५ महिनादेखि थन्कियो


१ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर– जिल्ला अस्पताल गाईघाटमा जडान गरिएको भेन्टिलेटर जनशक्ति अभावमा १५ महिनादेखि थन्किएर बसेको छ । पहिलो कोभिडकै बिरामीलाई लक्षित गरी प्रदेश सरकारको सहयोगमा १५ महिनाअघि जिल्ला अस्पताल गाईघाट उदयपुरमा जडान गरिएका दुईवटा भेन्टिलेटर बेड जनशक्ति अभावमा प्रयोग हुन नपाएपछि माकुराको जालो लागेको छ ।

दोस्रो कोभिड भेरियन्टका संक्रमितहरू भेन्टिलेटर अभावमा मृत्यु रोज्न बाध्य भइरहेको समाचार आइरहँदा जिल्ला अस्पताल गाईघाटमा भने झण्डै १५ महिनाअघि जडान भएका भेन्टिलेटर त्यत्तिकै थन्किएर बसेका छन् ।

पहिलो कोभिडकालको सुरूमा ५ वैशाख २०७७ मा स्थानीय नुरी मस्जिदमा भारतीय जमातीसहित १६ संक्रमित फेलापरेपछि उदयपुर नेपालकै ‘कोरोना इपिसेन्टर’ बन्न पुगेको थियो । त्यसको महिना दिनभित्रै ३२ संक्रमित भेटिएपछि देशभरीकै प्रमुख संक्रमणस्थलमा बन्न पुगेपछि उदयपुरमा त्यसबेला नै कोभिड अस्पताल र भेन्टिलेटर राख्ने योजना अघि सारिएको थियो ।

प्रदेशबाट प्राप्त एक करोड रुपैयाँबाट जडान गरिएका भेन्टिलेटर एनेथेसिया (लट्याउने) डा.अभावमा सञ्चालनमा ल्याउन नसकिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट (मेसु) जीवनारायण मण्डलले बताउँछन ।

अस्पतालको नयाँ भवनको पहिलो तल्लामा जडान गरिएका अत्याधुनिक भेन्टिलेटर बेडहरू अहिलेसम्म सञ्चालन गर्न जनशक्ति नपाइएको डा.मण्डल भनाइ छ । भेन्टिलेटरमा जडान गरिएको बेडहरू रिमोटबाट सञ्चालन हुने अत्याधुनिक छन् । कन्सल्टेन्ट डा.नपाइएपछि भएकै जनशक्तिलाई तालिम दिएर सञ्चालन गर्न खोजिए पनि त्यो व्यवस्था सम्भव भएनन् ।

जनशक्ति अभावमा सेवा सुचारु हुन नसकेको अस्पताल प्रशासन बताउँछन् । एक करोड लगानीमा १५ महिनाअघि जडान गरिए पनि जनशक्ति अभावमा त्यत्तिकै थन्क्याएर राख्नु परेको छ । गम्भीर खाले कोभिड संक्रमितको उपचारलाई लक्षित गरी स्थापित भेन्टिलेटरको अब काम आउने सम्भावना भए पनि जनशक्तिले भने जुटाउनै नसकिएको डा.मण्डले जानकारी दिए ।

कोभिड भेरियन्ट बढेका बेला भेन्टिलेटर तत्काल सुचारु गर्न डिसीसीएमसी र अस्पताल विकास समितिले पहल थालेको थियो । तर, जनशक्ति पाउने सम्भावना नभएको जिल्ला कोभिड व्यवस्थापन समितिले बतायो । आवश्यक एनेथेस्सिया कन्सल्टेन्ट खोज्न डिसीसीएमसी बैठकमा कुरा उठेपछि बैठक स्थलबाटै प्रदेश सरकारलाइ सम्पर्क गर्दा मान्छे नपाइने जवाफ आएको थियो ।

जिल्ला समन्वय समिति उदयपुरका प्रमुख तथा अस्पताल विकास समिति अध्यक्ष खड्गबहादुर परियारले पनि जनशक्ति जुटाउन नसकिएकाले भेन्टिलेटर सुचारु गर्न कठिनाइ भएको बताए । कोभिडको बिरामीलाई लक्षित गरी भेन्टिलेटर सञ्चालन गर्ने प्रयास बारम्बार भएको थियो ।

सकेसम्म कन्सल्टेन्ट डा.को खोजी गर्ने नपाइए अस्पतालकै स्वास्थ्यकर्मीलाई आवश्यक तालिम दिएर काम चलाएर सेवा दिलाउन प्रदेश स्वास्थ्य निर्देशनालयसँग छलफल गरियो । तर, पनि सम्भव नभएको अध्यक्ष परियारले बताए । अस्पतालमा भएको दुई भेन्टिलेटर सञ्चालनमा ल्याउन सके जटिल प्रकारको बिरामीको जिल्लामै उपचार पाउन सक्ने थिए । त्यसप्रति गम्भीर भएर भेन्टिलेटर सुचारु गराउन स्थानीयले सरोकारवाला निकायको ध्यानाकर्षण गराएका छन् ।

प्रकाशित मिति : १ कार्तिक २०७८, सोमबार  १२ : २४ बजे

लोकेश बम १ सय ६ रनमा आउट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध शतक प्रहार गरेका नेपालका लोकेश

आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमको शतक

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमले शतक प्रहार

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

चितवनमा बढे बैंकिङ कसुरका उजुरी

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको ९

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको