नक्कली नोटसहित दुईजना भारतीय नागरिक पक्राउ | Khabarhub Khabarhub

नक्कली नोटसहित दुईजना भारतीय नागरिक पक्राउ


२ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– महोत्तरीको औरही नगरपालिका–१ औरहीबजारमा नेपाली नक्कली नोटसहित दुई जना भारतीय पक्राउ परेका छन् ।

औरही प्रहरी चौकीको गस्ती टोलीले शुक्रबार राति एकहजार दरका २२ थान नक्कली नोटसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारतीय सीमावर्ती बस्ती सीतामढी जिल्लाको मनपौर गाउँका २१ वर्षीय पिन्टुकुमार राय र १२ वर्षीय रितेशकुमार सिंह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिए ।

बजारको फलफुल र पान पसलमा सामान किन्दा नक्कली नोट दिएको भन्ने हल्लीखल्ली भएपछि प्रहरी गस्ती टोलीले बिआर ३०७ भी ९८८७ नम्बरको भारतीय स्कुटरमा आएका दुवैलाई नियन्त्रणमा लिएको थियो ।

नक्कली नोट पसलमा दिएर बजारबाट निस्कँदै गरेको भारतीय नम्बर प्लेटको स्कुटर रोकेर जाँच गर्दा सिटमुनि डिक्कीमा हजार दरका २२ वटा नक्कली नोट फेला परेको औरही प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक राजेशप्रसाद यादवले जानकारी दिए । सामान्य प्रचलनमा रहेका नेपाली एक हजार दरका नोटभन्दा छाम्दा पातलो लाग्ने र रङ्गसमेत अलि फिका देखिने नोट सामान्य परख गर्नेले सजिलै छुट्याउन सक्ने उनको भनाइ छ ।

पक्राउ परेका दुवैबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रकाशित मिति : २ आश्विन २०७८, शनिबार  ९ : ४० बजे

शिक्षाले मात्रै गाउँको परिवर्तन हुन्छ : मन्त्री राई

धनकुटा– खानेपानीमन्त्री राजेन्द्रकुमार राईले शिक्षाको विकासले मात्रै गाउँको परिवर्तन हुने

खुवालुङ : चुलियो चर्चा, संरक्षणको छैन सुरसार

किराती समुदायले आफ्नो आस्था केन्द्र रहेको भन्दै संरक्षणमा जुटेपछि एकताका

शिक्षामन्त्री सुमनाले बूढानीलकण्ठको सूचना सुनाएपछि…

काठमाडौं- शिक्षामन्त्रीको जिम्मेवारीमा जनताले युवा एवं उर्जाशील व्यक्तिलाई पाएका छन्

४३९ नेपालीको भागमा जम्मा एक प्रहरी 

काठमाडौं– संयुक्त राष्ट्र संघ (युएन) को मापदण्ड अनुसार कम्तिमा ३३३

सेयर बजारमा सामान्य सुधार

काठमाडौं– बिहीबार नेप्से परिसूचक ४.७८ अंकले बढेको छ। अघिल्लो कारोबार