बँदेललाई थापेको विद्युतीय धरापमा परी एकै परिवारका तीन जनाको मृत्यु | Khabarhub Khabarhub

बँदेललाई थापेको विद्युतीय धरापमा परी एकै परिवारका तीन जनाको मृत्यु


२ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बर्दियामा बँदेललाई मार्न राखिएको विद्युतीय धरामपमा परी एकै परिवारका तीन जनाको ज्यान गएको छ ।

बँदेल मार्नका लागि राखेको विद्युतीय धरापमा परेर बर्दियास्थित ठाकुरबाबा नगरपालिका –३ का ३१ वर्षका बालकृष्ण थारु, उनकी श्रीमती २७ वर्षकी सुनिता थारु र बालकृष्णकी भाउजु ४३ वर्षकी बेलमती थारुको ज्यान गएको इलाका प्रहरी कार्यालय भुरिगाउँका प्रहरी निरीक्षक कविराज रोकायाले बताए ।

शुक्रबार राति करिब १०ः३० बजेको समयमा उक्त घटना घटेको प्रहरीको भनाइ छ ।

बँदेल मार्नका लागि ठाकुरबाबा नगरपालिका बस्ने ८३ वर्षका राजबहादुर शाहीले आफनै खेतमा विद्युतीय पासो लगाएको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २ आश्विन २०७८, शनिबार  १० : ०२ बजे

क्यानडामा विदेशी नागरिकलाई घर किन्न प्रतिबन्ध

क्यानडा– विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ

आइपिएलमा आज लखनउ र चेन्नई खेल्दै

काठमाडौं- इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुँदै

हर्नियाको जोखिममा पुरुष : समयमा उपचार नगरे ज्यानै जाने खतरा

काठमाडौं – हर्निया शरीरको कुनै अङ्गको अतिरिक्त विकास भएर उत्पन्न

इन्डोनेसियामा भयानक ज्वालामुखी बिष्फोट, ११ हजार बढीलाई अन्यत्र सारियो

जाकार्ता– इन्डोनेसियामा निरन्तर भयानक ज्वालामुखी विस्फोट भए पछि ११ हजारभन्दा

इलामको उपचुनाव : पहिचानवादीको अग्निपरीक्षा

सुनसरी- इलाम क्षेत्र नम्बर–२ को सन्दर्भमा सामाजिक सञ्जालमा खुब बहस