राष्ट्रिय फुटसल आजबाट सुरु हुँदै, एएफसी एसियन कप छनोटका लागि खेलाडी छानिने | Khabarhub Khabarhub

राष्ट्रिय फुटसल आजबाट सुरु हुँदै, एएफसी एसियन कप छनोटका लागि खेलाडी छानिने


२ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा आजबाट राष्ट्रिय ’ए’ डिभिजन फुटसल लिग प्रतियोगिता सुरु हुँदैछ ।

शनिबार पोखराको बहुउद्देशीय कभर्डहलमा पहिलो पटक म्याटमा ए डिभिजन फुटसल आयोजना हुन लागको हो । यसअघि एन्फाले आर्टिफिसियल टर्पमा प्रतियोगिता गराएर म्याटमा छनोट खेल खेल्न जाने गरेको थियो ।

लिगको उद्घाटन खेलमा आज द राइजिङ क्लब धरान र स्काई गोल काठमाडौँबीच प्रतिस्पर्धा हुनेछ । आजै हुने दोस्रो खेलमा स्पोर्ट्स क्यासल पोखरा र प्रभातफेरी युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

१० टोली सहभागी फुटसल लिगको विजेताले १० लाख प्राप्त गर्दा उपविजेताले ५ लाख पाउने एन्फाले जनाएको छ ।

यस्तै उत्कृष्ट गोलकिपर, उत्कृष्ट विंगर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट प्रशिक्षक र इमर्जिङ खेलाडीले समान २५ हजार पाउने एन्फाले जनाएको छ । म्यान अफ दि म्याचले ५ हजार पाउने छन् ।

कर्मा छिरिङ शेर्पाको नेतृत्वमा कार्यसमिति आएपछि एन्फाले आयोजना गरेको यो पहिलो फुटसल लिग हो । यसअघि एन्फाले एएफसी फुटसल छनोटमा सहभागी हुन खुल्ला छनोट गरेर खेलाडीलाई इरान लगेको थियो ।

चेन्ज एन्फा, सामुहिक एकता, विकेन्द्रीकरण, आर्थिक पारदर्शितालगायत मुद्दासहित एन्फाको नेतृत्वमा आएका कर्मा छिरिङले सुरुमा आफूनिकट रहेका दावा लामालाई फुटसल कमिटी संयोजक नियुक्त गरेका थिए ।

तर पछि वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङको रोहबरमा आफू विरोधी कार्य गरेको भन्दै कर्माले दावाको संयोजक पद खोस्दै आफूनिकट रहेका रत्नकुमार श्रेष्ठलाई संयोजक नियुक्त गरेका थिए ।

एन्फाले यो प्रतियोगिताबाट एएफसी फुटसल एसियन कप छनोट प्रतियोगिताका लागि खेलाडी छनोट गर्नेछ ।

प्रकाशित मिति : २ आश्विन २०७८, शनिबार  ८ : ४५ बजे

आज २०८० साल चैत १६ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार तदनुसार

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न