दल दर्ता स्वीकृत भएपछि सरकारमा जान्छौँ : नेता पाण्डे | Khabarhub Khabarhub

दल दर्ता स्वीकृत भएपछि सरकारमा जान्छौँ : नेता पाण्डे


२ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– माधव नेपाल पक्षले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवदेन दर्ता गरेको छ ।

सरकारले संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्‍याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याए लगत्तै एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले एमाले (समाजवादी) पार्टी दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन पेस गरेको हो ।

दल दर्ताको निवेदन दिएर आएपछि नेता राजेन्द्र पाण्डेले पत्रकारसँग भने, ‘एमालेमा अल्मलिएर रहेका साथीहरूलाई पनि चाँडोभन्दा चाँडो नेकपा एमाले (समाजवादी) मा आउन आग्रह गर्छौँ ।’

उनले प्रस्तावित एमाले(समाजवादी) दल दर्ता स्वीकृत भएपछि आफ्नो पार्टी सरकारमा सहभागी हुने बताए । आफूहरुसँग एमालेका उपाध्यक्ष वामदेव गौतम पनि आउने उनले दाबी गरे ।

नयाँ पार्टीको अध्यक्षमा माधव नेपाल र झलनाथ खनाल वरिष्ठ नेता रहनेछन् भने बाँकी सबै सदस्य रहने गरि ९५ सदस्यीय केन्द्रीय कमिटी रहने नेता राजेन्द्र पाण्डेले बताए ।

साविक एमालेका ५८ जना केन्द्रीय सदस्य नयाँ पार्टीमा समेटिएका छन् ।

प्रकाशित मिति : २ भाद्र २०७८, बुधबार  ५ : ३६ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका