जोयाको फिल्ममा शाहरुखपुत्री सुहाना | Khabarhub Khabarhub

जोयाको फिल्ममा शाहरुखपुत्री सुहाना


२ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक जागरण)– बलिउड अभिनेता शाहरुख खानकी छोरी सुहाना खान बलिउडकै लोकप्रिय स्टार किड्समा पर्छिन् । सुहानाको हट र बोल्ट तस्वीरले सामाजिक सञ्जालमा भाइरल हुने ठाउँ पाउँछ । उनको इन्स्टाग्राममा पनि उत्तिकै संख्यामा फलोअर छन् । सुहानाले बलिउडमा डेब्यू नगरे पनि उनको लोकप्रियता कुनै अभिनेत्रीको भन्दा कम छैन ।

अब सुहाना चाँडै नै फिल्ममा डेब्यू गर्न जाँदैछिन । फिल्म निर्देशक जोया अख्तरले सुहानालाई फिल्ममा ल्याउन लागेकी हुन् । जोया इन्टरनेसनल कमिक बुक ‘आर्ची’माथि फिल्म बनाउदैछिन् । यो कमिक बुकलाई भारतीय रुपान्तरणको काम भइरहेको छ । फिल्ममा उनको पहिलो रोजाइ नै सुहाना बनेकी छन् ।

‘फिल्ममा केही साथीको कथा देखाइनेछ । जसका लागि जोयालाई सुहानाका अलावा केही युवा कलाकारको खाँचो छ । उनले बाँकी कलाकारको खोजी गरिरहेकी छन् । यदी सुहाना र शाहरुखलाई स्क्रिप्ट मनपर्यो भने बाँकी कागजी काम पनि पुरा हुनेछन् । फिल्म थिएटरमा नभई ओटीटी प्लेटफर्म नेटफ्लिक्समा रिलिज हुनेछ,’ जोया निकट स्रोतले भन्यो ।

सुहानाले यसअघि केही सट फिल्ममा काम गरिसकेकी छन् । सुहाना अभिनेत्री बन्नका लागि लण्डनमा पढिरहेकी छन् । शाहरुखका छोरा आर्यन फिल्म निर्माता बन्न चाहन्छन् ।

प्रकाशित मिति : २ भाद्र २०७८, बुधबार  १२ : १० बजे

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

आज २०८१ साल वैशाख १४ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ