एमाले सांसद भीम रावलले दिए पदबाट राजीनामा | Khabarhub Khabarhub

एमाले सांसद भीम रावलले दिए पदबाट राजीनामा


३ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका नेता भीम रावलले सांसद पदबाट राजीनामा दिएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने प्रक्रिया हुनैलाग्दा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेता रावलले पदबाट राजीनामा दिएका हुन् ।

सभामुखलाई सम्बोधन गर्दै नेता रावलले भनेका छन्, ‘अनैतिक राजनीतिक तथा देश र जनविरोधी राजनीतिक अभ्यासको मतियार हुनुभन्दा त्यसबाट हलग हुनु श्रेयस्कर भएकाले त्यसप्रकारको दुषित खेलबाट आफूलाई अलग गर्दै प्रतिनिधिसभाको सदस्यबाट राजीनामा दिएको छु ।’

‘नेपालको स्वाधिनता, अखण्डताका लागि लडेको थिएँ । आज नेपाल र नेपालीको शीर निँहुरिएको छ । चरम सत्ता र पद लिप्साका लागि अनैतिक चरित्रको घृणित अभ्यास भएको छ । तिनलाई रोक्नका लागि राजनीतिककर्मीको हैसियतले मैले धेरै मेहनत गरेँ । तर उच्च राजनीतिक नेतृत्वमा देखिएको अनियन्त्रित र चरम अनैतिक राजनीति स्वेच्छाचारी व्यवहार, तथा देश, जनता र पार्टीको हितभन्दा नीति स्वार्थ अहं प्रतिषोध र षड्यन्त्रकारी चरित्र एवं कार्य देख्दा देश र जनताको हितलाई सर्वोपरी सम्झने जुनसुकै नेपाली नागरिकको मनमा घृणा उत्पन्न हुन्छ ।’ उनले लेखेका छन्, ‘यस्तो स्थितिमा अनैतिक राजनीतिक तथा देश र जनविरोधी राजनीतिक अभ्यासको मतियार हुनुभन्दा त्यसबाट हलग हुनु श्रेयस्कर भएकाले त्यसप्रकारको दुषित खेलबाट आफूलाई अलग गर्दै प्रतिनिधिसभाको सदस्यबाट राजीनामा दिएको छु ।’

यस्तो छ राजीनामाको पत्र

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  ४ : ३७ बजे

कैलालीका सात नदीमा तटबन्ध निर्माण सुरु

कैलाली– कैलालीका विभिन्न भाग भएर बग्ने सात वटा नदीमा तटबन्ध

हामीलाई कमजोर ठाने उथलपुथल हुन्छ : माधव नेपाल

रौतहट– एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफूहरूलाई

नौ वाणिज्य बैंक : जसको शेयर मूल्य प्रतिकित्ता दुई सय पनि पर्दैन 

काठमाडौँ– कुनै बेला शेयर बजारमा एकछत्र राज गरेका वाणिज्य बैंकहरुको

काँकरभिट्टा–लौकही सडक स्तरोन्नति

झापा– पूर्वपश्चिम राजमार्गअन्तर्गत काँकरभिट्टा–लौकही खण्डमा स्तरोन्नतिको काम सुरु भएको छ

चेपाङ बस्तीमा पक्की विद्यालय भवन निर्माण

भरतपुर– चितवनको इच्छाकामना गाउँपालिका–१ स्थित राष्ट्रिय आधारभूत विद्यालयको पक्की भवन