प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदलाई कांग्रेसको ह्वीप | Khabarhub Khabarhub

प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदलाई कांग्रेसको ह्वीप


३ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्तारुढ नेपाली कांग्रेसले आइतबारको प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेको छ ।

संसद भवन नयाँ बानेश्वरमा आइतबार बसेको कांग्रेस संसदीय दलको बैठकले अनिवार्य उपस्थित हुन आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेको कांग्रेस सचेतक पुष्पा भूसालले जानकारी दिइन् ।

सर्वोच्च अदालतको फैसलाबाट पुनर्स्थापित प्रतिनिधिसभाको पहिलो बैठक आइतबार अपरान्ह ४ बजे बोलाइएको छ । आइतबार नै दोस्रो बैठक बस्ने र प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने कार्यसूची छ ।

दलको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले अब मुलुकमा कोरोना विरुद्धको खोप अभाव नहुने बताएका थिए ।

प्रधानमन्त्री देउवाले विभिन्न देशबाट खोप आइरहेको र अन्य देशबाट पनि खोप ल्याउन सरकारले पहल गरिरहेको जानकारी दिए । त्यस्तै उनले सर्वोच्चको आदेशलाई स्वीकार गर्दै सहकार्यका लागि पूर्वप्रधानमन्त्री केपी शर्मालाई आग्रह गरिएको बताए । सरकारले सबै पक्षलाई समेटेर अघि बढ्ने उनको भनाइ छ ।

गठबन्धनमा सहभागी सबै दलले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने र बहुमत प्राप्त हुने विश्वास राखिएको कांग्रेस सचेतक भुसालले बताइन् ।

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  ४ : २८ बजे

लहानको खुट्टीखोलामा घाट निर्माण

सिरहा– सिरहाको लहान नगरपालिका–४ स्थित खुट्टीखोला किनारमा सुविधासम्पन्न घाट निर्माण

अतिक्रमित जग्गा फिर्ता ल्याउने कामलाई तीव्रता दिन गृहको निर्देशन

काठमाडौँ– गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा साविककै अवस्थामा

एक वर्षमा ३१ हजार विदेशी पर्यटक घोडेपानीमा

म्याग्दी– विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले म्याग्दीको

चिनियाँ आइफोनमा ह्वाट्स एप र थ्रेड्स प्रतिबन्ध

बेइजिङ– एप्पल कम्पनीले चीनमा रहेको आफ्नो एप्पल एप स्टोरबाट मेटाका

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर– टीकापुर नगरपालिका– ७ को प्रशासनिक भवन ६८ लाख रुपैयाँको