अफगानिस्तानका राजदूत नजिबुल्लाहकी छोरीको अपहरण | Khabarhub Khabarhub

अफगानिस्तानका राजदूत नजिबुल्लाहकी छोरीको अपहरण


३ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पाकिस्तानमा अफगानिस्तानका राजदूत नजिबुल्लाह अलिखिलकी छोरीको अपहरण भएको छ ।

अफगान राजदूत अलिखिलकी २६ वर्षीया छोरी सिलसिला अलिखिलको शुक्रवार दिउँसो घर फर्किने क्रममा अपहरण भएको दुबै देशका विदेश मन्त्रालयले जनाएका छन्।

पाकिस्तानको इस्लामाबादमा उनकी छोरीलाई अपहरण गरी कुटपिट गरिएको बीबीसीले जनाएको छ । सिलसिलालाई अपहरणकारीले पाँच घन्टा बढी समय आफूसँग राखेका थिए। विद्रोही समूह तालिबान घटनामा संलग्न रहेको बताइएको छ ।

प्रहरीले उद्धार गरेर ल्याएकी सिलसिलालाई अस्पताल भर्ना गरिएको थियो। परीक्षण गर्दा उनको शरीरमा विभिन्न ठाउँमा चोट लागेको देखिएको छ।

आफ्ना राजदूतकी छोरीको अपहरण भएपछि शनिबार विज्ञप्ति निकाल्दै अफगानिस्तानको विदेश मन्त्रालयले उक्त आपराधिक कामको भत्सर्ना गरेको छ। घटनाको छानबिन गरी उनको अपहरणमा संलग्नलाई जतिसक्दो छिटो कानुनी दायरामा ल्याउन पनि अफगानिस्तानले माग गरेको छ। आफ्ना कूटनीतिज्ञको सुरक्षा सुनिश्चित गर्न पनि अफगानिस्तानले भनेको छ।

पाकिस्तानले अफगान राजदूतको सुरक्षा बढाइएको र प्रधानमन्त्री इमरान खान अपराधीहरूलाई छिटोभन्दा छिटो कानुनी दायरामा ल्याउन भनेको बताएको छ।

राजदूतकी छोरीलाई कसले अपहरण गरेको हो भन्ने अझै खुलिसकेको छैन। पछिल्लो समय अफगानिस्तानबाट अमेरिकी र नाटो मुलुकका सैनिकहरू फिर्ता भएपछि त्यहाँ हिंसाका घटना बढेका छन्। बीबीसीको सहयोगमा

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  ११ : ५८ बजे

तनहुँका २३ सामुदायिक वनमा आगलागी, सबै नियन्त्रणमा

तनहुँ– तनहुँमा २३ वटा सामुदायिक वनमा आगलागी भएको छ ।

अध्यादेश ल्याएर भए पनि सहकारीकाे पैसा फिर्ता गर्छु : गृहमन्त्री

काठमाडौं– उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सहकारीमा बचत गरेको जनताको

बालाजुस्थित बाइसधारामा विशेष मेला

काठमाडौं– चैत शुक्ल पूर्णिमा दिन मंगलबार ऐतिहासिक महत्व बोकेको काठमाडौंको

अमिरको नेपाल भ्रमण : भैरहवा-कतार हवाई उडान सम्झौताका लागि पहल गर्न आग्रह

भैरहवा– नेपाल भ्रमणमा आउन लागेका कतारका अमिरको भ्रमणका अवसरमा भैरहवाको

६ नेपाली महिला क्रिकेट खेलाडी मलेसिया प्रस्थान

काठमाडौं- मलेसियाको सुपर वुमन्स कप खेल्ने ६ नेपाली राष्ट्रिय महिला