युरोकपमा स्वीडेनको पहिलो जित | Khabarhub Khabarhub

युरोकपमा स्वीडेनको पहिलो जित


४ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- जारी युरोकप फुटबलमा स्वीडेनले पहिलो जित निकालेको छ ।

समूह चरणको दोस्रो खेलमा शुक्रबार राति स्लोभाकियालाई १-० गोलले हराउँदै स्वीडेनले पहिलो जित निकालेको हो  ।

स्वीडेनलाई जित दिलाउन इमिल फोर्सबर्गले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७७औँ मिनेटमा फोर्सबर्गले पेनाल्टीबाट गोल गरेका हुन् ।

जितसँगै समूह ‘ई’ मा रहेको स्वीडेनले २ खेलमा ४ अंक जोडेको छ । स्वीडेनले पहिलो खेलमा स्पेनसँग गोलरहित बराबरी खेलेको थियो । समूहको स्विडेन शीर्ष स्थानमा रहेको छ ।

स्लोभाकियाको यो पहिलो हार हो । पहिलो खेलमा स्लोभाकियाले पोल्याण्डलाई २–१ गोल अन्तरले हराएको थियो । दोस्रो स्थानको स्लोभाकियाले २ खेलमा ३ अंक जोडेको छ ।

प्रकाशित मिति : ४ असार २०७८, शुक्रबार  ८ : ५५ बजे

अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिन जाने उसु खेलाडीको बिदाई

काठमाडौं– चीनमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिन २० सदस्यीय

एमाले महाधिवेसन प्रतिनिधि सम्मेलन (फोटोफिचर)

काठमाडौंं– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजबाट सुरु

राष्ट्रिय महिला टिमका ६ क्रिकेटरले मलेसियामा सुपर कप खेल्ने

काठमाडौं- नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका ६ क्रिकेटरले मलेसियाको सुपर

बाँकेमा दुई सय ६५ घरेलु उद्योग बन्द

राँझा– बाँकेमा चालु आर्थिक वर्षको नौ महिनामा दुई सय ६५