विपक्षी गठबन्धनलाई थप मजबुत बनाएर लैजाने कांग्रेसको निर्णय | Khabarhub Khabarhub

विपक्षी गठबन्धनलाई थप मजबुत बनाएर लैजाने कांग्रेसको निर्णय


४ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले लोकतन्त्र र संविधान पक्षधर अन्य शक्तिलाई पनि आफू नेतृत्वको गठबन्धनमा सहभागी गराउने निर्णय गरेको छ ।

पार्टी कार्यालय सानेपामा शुक्रबार बसेको बैठकले विपक्षी गठबन्धनलाई निरन्तरता दिने निष्कर्ष निकाल्दै लोकतन्त्र र संविधानको रक्षाका लागि गठबन्धनलाई थप मजबुत बनाउनुपर्ने निष्कर्ष निकालेको हो ।

कांग्रेसको नेतृत्वमा नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह, जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चाले विपक्षी गठबन्धन बनाएका छन् ।

केन्द्रीय समिति बैठकले पार्टीको १४ औं महाधिवेशनको संशोधित कार्यतालिका पनि अनुमोदन गरेको छ ।

आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा पार्टीको महाधिवेशन गर्ने गरी संशोधित कार्यतालिका अनुमोदन गरेको हो ।

संशोधित कार्यतालिका अनुसार साउन १२ गते वडा, साउन १६ गते गाउँनगर, र साउन २० गते प्रदेश क्षेत्रीय अधिवेशन गर्नेछ । यस्तै, एक मात्र प्रतिनिधिसभा रहेको जिल्लाको क्षेत्रीय अधिवेशन २३ गते, दुई वा दुईभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाको साउन २६ गते र प्रदेश अधिवेशन भदौ १ र २ गते गर्ने संशोधित निर्वाचन कार्यतालिका अनुमोदन गरेको हो ।

बैठकले असार मसान्तभित्र क्रियाशिल सदस्यता टुङ्गो लगाउन क्रियाशिल सदस्यता छानविन समितिलाई निर्देशन दिएको छ ।

प्रकाशित मिति : ४ असार २०७८, शुक्रबार  ७ : ०६ बजे

नौ वाणिज्य बैंक : जसको शेयर मूल्य प्रतिकित्ता दुई सय पनि पर्दैन 

काठमाडौँ– कुनै बेला शेयर बजारमा एकछत्र राज गरेका वाणिज्य बैंकहरुको

काँकरभिट्टा–लौकही सडक स्तरोन्नति

झापा– पूर्वपश्चिम राजमार्गअन्तर्गत काँकरभिट्टा–लौकही खण्डमा स्तरोन्नतिको काम सुरु भएको छ

चेपाङ बस्तीमा पक्की विद्यालय भवन निर्माण

भरतपुर– चितवनको इच्छाकामना गाउँपालिका–१ स्थित राष्ट्रिय आधारभूत विद्यालयको पक्की भवन

लहानको खुट्टीखोलामा घाट निर्माण

सिरहा– सिरहाको लहान नगरपालिका–४ स्थित खुट्टीखोला किनारमा सुविधासम्पन्न घाट निर्माण

अतिक्रमित जग्गा फिर्ता ल्याउने कामलाई तीव्रता दिन गृहको निर्देशन

काठमाडौँ– गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा साविककै अवस्थामा