जनक शिक्षालाई नयाँ पाठ्यपुस्तक छाप्न र पठाउन चटारो (फोटोफिचर) | Khabarhub Khabarhub

जनक शिक्षालाई नयाँ पाठ्यपुस्तक छाप्न र पठाउन चटारो (फोटोफिचर)


४ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– भक्तपुरको ठिमीस्थित जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडले यस वर्षका लागि आवश्यक पाठ्यपुस्तक छपाईको काम अन्तिम चरणमा पुर्‍याएको छ ।

जनक शिक्षाका अनुसार सबै प्रदेशमा नयाँ पाठ्पुस्तक पुगिसकेको छ भने काठमाडौँ उपत्यकाका लागि चाहिने पाठ्पुस्तक छपाईको काम अन्तिम चरणमा रहेको छ ।


पाठ्यपुस्तक छाप्ने कामसँगै विभिन्न ठाउँमा पुस्तक पठाउने काम पनि धमाधम भइरहको छ । कोरोना महामारीका कारण जारी निषेधाज्ञाको बीच पनि केन्द्रमा पाठ्यपुस्तक छाप्ने र ढुवानी गर्ने काम धमाधम भइरहेको हो ।

केन्द्रमा छपाईको कामसँगै नयाँ पाठ्यपुस्तक लोड गर्ने तथा पठाउने कार्यमा कर्मचारीलाई भ्याइनभ्याई छ ।

सरकारले नेपालको चुच्चे नयाँ नक्सा जारी गरेसँगै यस शैक्षिकको नयाँ पाठ्यपुस्तक अन्तर्गत कक्षा ६ को पुस्तकमा उक्त नयाँ नक्सा समेटिएको छ । साथै नयाँ पाठ्यपुस्तकमा कोभिड १९ बाट सुरक्षित हुनका लागि सचेतनासहितको प्रचार सामाग्री पनि राखिएको छ ।

तस्वीरहरू : रासस

प्रकाशित मिति : ४ असार २०७८, शुक्रबार  ६ : ४३ बजे

सभामुख घिमिरे आज स्वदेश फर्किँदै 

काठमाडौं– जेनेभामा भएको अन्तर व्यवस्थापिका संघ (आईपीयू) को १ सय

दिल्लीमाथि राजस्थान रोयल्स १२ रनले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले दिल्ली

निःशुल्क औषधीका नाममा नागरिकको जनस्वास्थ्यमा खेलबाड

काठमाडौं – कैलालीको लम्कीचुहा नगरपालिका ४ बलियाका ५० वर्षीय देशराम

विराट गोल्डकपः भुटानको विजयी सुरुवात

मोरङ– विराट गोल्ड कप ट्रष्टद्वारा विराटनगरको शहीद रङ्शालामा आयोजित रात्रिकालीन

यस्तो छ आजको मौसम 

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार