पर्यटन क्षेत्रमा खोपको व्यवस्था गर्न माग | Khabarhub Khabarhub

पर्यटन क्षेत्रमा खोपको व्यवस्था गर्न माग


४ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– पोखरा पर्यटन परिषद् आबद्ध सङ्घ संस्थाले कोरोना महामारीले सबैभन्दा ठूलो असर पर्यटन क्षेत्रमा देखिएको जनाउँदै यस क्षेत्रका अग्रपङ्क्तिमा रहेकालाई खोपको व्यवस्था सुनिश्चित गर्न माग गरेका छन् ।

पोखरा पर्यटन परिषद्ले आज विज्ञप्ती जारी गर्दै देशको अर्थतन्त्रलाई माथि उठाउने सो क्षेत्रलाई चलायमान बनाउन खोप आवश्यकता रहेको र यसका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकारलाई ध्यानाकर्षण गराएको छ ।

विज्ञप्तिमा ‘नो भ्याक्सिन, नो मोर पर्यटन’ उल्लेख गर्दै पर्यटन क्षेत्रसँग सम्बद्ध व्यवसायी कर्मचारी मजदुर लगायत अग्रपङ्क्तिमा रहेर सेवा दिइरहेकालाई खोप सुनिश्चित गरी अन्तरराष्ट्रिय बजारमा सकारात्मक सन्देश दिन आग्रह गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ “सरकारले सङ्क्रमणको अवस्था हेरेर बिस्तारै बन्दाबन्दी खुकुलो बनाउने तयारी गरेको छ । पर्यटक श्रमजीविले खोप नलगाई सेवा प्रवाह गर्न सक्ने स्थिति छैन र सेवा दिइहाले पनि सुरक्षित हुन सक्दैन । स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रलाई प्राथमिकमा राखेर पर्यटनलाई चलायमान बनाउन माग गर्दछौ ।”
पर्यटनलाई चलायमान बनाउन विभिन्न मुलकले खोपलाई प्राथमिकतामा राखेर पर्यटकलाई निम्तो दिएको जनाइएको छ ।

प्रकाशित मिति : ४ असार २०७८, शुक्रबार  ८ : ३० बजे

गोरखा भूकम्पको सम्झनामा फोटो प्रदर्शनी हुने

काठमाडौं । गोरखा भूकम्पको सम्झनामा बृहत् फोटो प्रदर्शनी हुने भएको

भक्तपुरमा आगलागीबाट १८ चौपाया मरे

भक्तपुर । सूर्यविनायक नगरपालिका- १, तर्खगालस्थित ओमसाई गाई फर्ममा आज

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द

झापा । झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका सीमानाका आज

युद्धका लागि उमेर पुगेका नागरिकलाई युक्रेनले स्वदेश फिर्ता बोलाउने

युक्रेन – सेनाका लागि सेवा गर्ने उमेर पुगेका पुरुषहरूलाई देश

सुनसरीको भोक्राहामा आगलागीबाट लाखौँको क्षति

सुनसरी – सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ शिवगञ्जस्थित शिशौ टोलमा आज