चौध व्यक्तिले यौन शोषण गरेको अभिनेत्री रेवतीको खुलासा | Khabarhub Khabarhub

चौध व्यक्तिले यौन शोषण गरेको अभिनेत्री रेवतीको खुलासा


४ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड लाइफ)– मलयालम फिल्मकी अभिनेत्री रेवती सम्पतले आफूलाई फिल्म उद्योगका १४ व्यक्तिले यौन शोषण गरेको खुलासा गरेकी छन् । उनले सामाजिक सञ्जालमार्फत सबैको नाम सार्वजनिक गर्दै यो कुराको खुलासा गरेकी हुन् ।

उनले उल्लेख गरेको नामको सूचीमा ठूला अभिनेता तथा निर्देशक छन् । उनले कलाकार सिद्दिकी, निर्देशक राजेश टचरिलर और डीवाइएफआइ नेता नन्दी अशोकनको नाम पनि लेखेकी छन् ।

‘म यहाँ व्यावसायिक, व्यक्तिगत र साइबर स्पेसका माध्यमबाट शोषण गर्ने व्यक्तिको नाम खुलाइरहेकी छु । यी व्यक्तिले मेरो शारीरिक, मानसिक र भावनात्मक रुपले शोषण गरेका छन्’, मलयालम भाषामा उनले लेखेकी छन् ।

उनले राजेश टचरिवर, सिद्दीकी, आशिक माही, शिजू ए आर, अभिल देव, अजय प्रभाकर, एम यसएसएस, सौरभ कृष्णन, नन्दू अशोकन, मेक्सवेल जोस, शानूब करुवथ र चाकोस केक, राकेन्ट पाई, सरुन लियो, सब इन्स्पेक्टर बीनू (पुनथुरा पुलिस स्टेशन, त्रिवेन्द्रम) ले यौन शोषण गरेको दाबी गरेकी छन् ।

कलाकार सिद्दिकीमाथि यसअघि पनि यौन शोषणको आरोप लागिसकेको छ । त्यो समयमा सिद्दिकीमाथि कुनै कानूनी कारवाही भएको थिएन । रेवतीको खुलासापछि उनका फ्यानहरु सिद्दिकीसहित अन्यलाई कारवाहीको माग गरिरहेका छन् ।

उनको पोस्ट सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । उनले नाम लिएका व्यक्तिहरुले हालसम्म कुनै प्रतिक्रिया दिएका छैनन् ।

प्रकाशित मिति : ४ असार २०७८, शुक्रबार  १२ : ४० बजे

अस्पताल परिसरमा इजरायली कारबाही जारी, एक हप्तामा २०० व्यक्तिको मृत्यु

तेल अभिभ – हमासका वरिष्ठ व्यक्तिहरू भित्र रहेको सुराकीपछि गाजामा

दाङमा अटो रिक्सा दुर्घटना, तीन जना घाइते

दाङ – दाङको लमीमा अटो रिक्सा दुर्घटना हुँदा तीन जना

डोटीमा आगोले जलेर एक महिला घाइते

डोटी । डोटीमा आगोले जलेर एक महिला घाइते भएकी छन्।

उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न समिति गठन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय

बेलायतसँग थप समन्वय र सहकार्यको अपेक्षा छ : गृहमन्त्री

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग नेपालका लागि बेलायतका