कांग्रेस केन्द्रीय समिति आज पनि, महाधिवेशनको संशोधित कार्यतालिका बारे छलफल हुने | Khabarhub Khabarhub

कांग्रेस केन्द्रीय समिति आज पनि, महाधिवेशनको संशोधित कार्यतालिका बारे छलफल हुने


४ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि छ । बैठक महाधिवेशनको संशोधित कार्यतालिकामाथिको छलफलमा केन्द्रित हुनेछ ।

बिहीबारको बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले १४औं महाधिवेशनको संशोधित कार्यकतालिका सम्बन्धी प्रस्ताव पेश गरेका थिए।

जसअनुसार, १६–१९ भदौमा काठमडौँमा महाधिवेशन गर्ने उल्लेख छ।

त्यसमाथि छलफल र निर्णय गर्न आज मध्याह्न १ बजे बैठक बस्न लागेको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए।

बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा बाढी र पहिरोका विषयमा छलफल भएको थियो। बाढी र पहिरोमा बेपत्ताको खोजी गर्न र प्रभावित परिवारको उद्धार तथा राहतको व्यवस्था गर्न सरकारलाई आग्रह गरेको थियो।

त्यस्तै, कोभिड–१९ नियन्त्रणका लागि सरकारले निषेधाज्ञामा मात्रै जोड दिएको जनाउँदै कांग्रेस अन्य विकल्प खोज्न माग गरेको थियो। यससँगै कोभिड–१९ विरुद्धको खोप आयतका लागि पलह गर्न सरकारसँग माग गरेको थियो।

कांग्रेस बैठकले केही जिल्लाको स्थानीय तहको संगठन पुनर्संरचनामा आएको गुनासोका केन्द्रले नै टुंगो लगाउने निर्णय गरेको थियो। जसमा सप्तरी, धनुषा, सर्लाही, बाँके, सिरहा, बारा तथा पर्सालगायतका जिल्ला रहेका छन्।

प्रकाशित मिति : ४ असार २०७८, शुक्रबार  ११ : ४९ बजे

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न

गोरखा भूकम्पको सम्झनामा फोटो प्रदर्शनी हुने

काठमाडौं । गोरखा भूकम्पको सम्झनामा बृहत् फोटो प्रदर्शनी हुने भएको