नेपाललाई सघाउन बेलायती अभिनेता ब्रायनको अभियान | Khabarhub Khabarhub

नेपाललाई सघाउन बेलायती अभिनेता ब्रायनको अभियान


४ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लण्डन(डेली मेल)– बेलायतका अभिनेता, लेखक तथा टेलिभिजन प्रस्तोता ब्रायन ब्लेस्ड नेपालमा कोरोना नियन्त्रणका लागि गरिएको प्रयासमा सहयोग गर्न २४ घण्टे मौन अभियान गरेका छन् । ८४ वर्षे यी अभिनेताले मौन अभियानलाई ‘जीवनको सबैभन्दा कठिन चुनौती’ भनेका छन् ।

उनले आइतबारबाट सुरु गरेको अभियानमा पाँच हजारभन्दा बढी पाउण्ड रकम उठिसकेको छ । उनी श्रीमति हिलडेगार्डसहित सुरेमा रहेको घरमा मौन बसेका थिए । ब्रायनले आफू शान्त बस्न चाहने भएकाले दैनिक योगा गर्ने खुलाए ।

‘तपाईंहरुमध्ये केहीले समाचारमा यूकेमा कोभिड १९को संकट विस्तारै सहज हुँदै गएको देख्नुभएको छ । तर अन्य देशजस्तै नेपालको अवस्था खराब बनेको छ । एउटा देश म धेरै मनपराउछु’, उनले ‘जस्ट गिभिङ’ पेजमा लेखेका छन् ।

उनले आफूले तीनपटक सगरमाथा आरोहणको प्रयास गरेको स्मरण गरेका छन् । ब्रायनले फेज नामक नेपाली परोपकारी संस्थाको संरक्षकका रूपमा सन् २०१५ देखि रहँदै आएको र यसैमार्फत नेपालीसँग निकटताको सम्बन्ध बढ्दै खुलाएका छन् ।

उनको अभियानबाट जुनको २५ तारिखसम्म जति रकम संकलन हुन्छ ,त्यति बराबर नै बेलायत सरकारले पनि थपिदिनेछ । उनले उठेको रकम आफू संरक्षक रहेको फेज संस्थामार्फत प्रदान गरिने बताए ।

प्रकाशित मिति : ४ असार २०७८, शुक्रबार  ११ : ०० बजे

आईओसीद्वारा ओलम्पिक आर्टिफिसियल इन्टेलिजेन्स एजेन्डा सुरू

काठमाडौं– अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आइओसी) ले शुक्रबार ओलम्पिक आर्टिफिसिएल इन्टेलिजेन्स

याङ्जाकोटमा बढ्दै पर्यटक

लेखनाथ– कास्कीको पर्यटकीय गाउँ याङ्जाकोटमा नयाँ वर्षसँगै पर्यटकको सङ्ख्या बढेको

रास्वापा सिद्धयाउने षड्यन्त्र भइरहेको छ : सभापति लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना पार्टीलाई सिद्धयाउने

युक्रेन र रुसबीचको हवाइ आक्रमणमा सर्वसाधारणको मृत्यु

किएभ– युक्रेनले शनिबार बिहानै रूसतर्फ ड्रोन आक्रमण गरेको र आक्रमणका

भोजपुर गोल्डकपको तयारी पूरा

भोजपुर– भोजपुरमा आइतबारबाट सञ्चालन हुने सातौँ अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर