मुटु बारेका केही रोचक तथ्य | Khabarhub Khabarhub

मुटु बारेका केही रोचक तथ्य



१) धेरैले मुटु छातिको बाँया पट्टि हुन्छ भन्ने ठान्दछन् तर वास्तवमा मुटु बाँया र दाँया पट्टि नभएर मध्य छातिमा हल्का बाँया पट्टि ढल्किएर रहेको हुन्छ।

२) हाम्रो मुटु एक मिनेटमा ७२ पटक धड्कन्छ । यसरी धड्कदा एक घण्टामा ४,३२० (चार हजार तीन सय बीस) चोटी, एक दिनमा १,०३,६,८० (एक लाख तीन हजार छ सय असी) चोटी, एक वर्षमा ३,७८,४३,२०० (तीन करोड अठहत्तर लाख त्रीचालीस हजार दुइ सय) पटक र ७० वर्षको औषत जीवानकालमा २,६४,९०,२४,००० (दुइ अरब चौसट्ठी करोड नब्बे लार चौबीस हजार) पटक धड्कन्छ ।

३) एकचोटी धड्कदा हाम्रो मुटुले ७० मि.लि. रगत पम्प गर्छ । यसरी पम्प गर्दा मुटुले एक मिनेटमा ५.०४० ( पाँच लीटर), एक घण्टामा ३०२.४०० (तीन सय दुइ लीटर), एक दिनमा ७२५७.६०० (सात हजार दुइ सय सन्ताउन्न) लीटर, १ वर्षमा २६,४९,०२४ ( छब्बीस लाख उनन्चास हजार चौबीस लीटर) रगत पम्प गर्ने गर्दछ भने ७० वर्ष औषत आयुमा १८, ५४, ३१,६८० (अठार करोड, चौबन्न लाख एकतीस हजार आठ सय साठी) लीटर रगत पम्प गर्ने गर्दछ ।

४. हाम्रो मुटु हामी यस संसारमा जन्मलिनु भन्दा पहिले देखिनै अर्थात गर्भाधान भएको ६ हप्तादेखि नै धड्कन थाल्दछ र हामी बाचुन्जेल धड्की रहन्छ । यस बिचमा मुटुको मांशपेशीले कहिले पनि विश्राम लिदैन जब लिन्छ त हाम्रो जीवननै समाप्त हुन्छ ।

५) मुटुको मंशपेसीले दुई धड्कन बिचको समयमा आराम गर्ने विश्वास वैज्ञानिकहरुले गरेका छन् ।

६) मुटुको तौल पुरुषमा ३५० ग्राम र महिलामा २५० ग्राम बराबरको हुने गरेको छ ।

७) हाम्रो शरीरमा लगभग १००० खरब कोषहरु छन् । ती हरेक कोष आफैँमा एक स्वतन्त्र जीवन हुन् । हाम्रो शरीरलाई जस्तै हरेक कोषलाई बाच्नको निम्ति खानाको पाचन पश्चात् प्राप्त पौष्टिक तत्व र प्राण वायु अक्सिजनको आवश्यकता पर्दछ । ती हरेक कोष कोषहरुमा पोषकतत्व र अक्सिजन पुर्‍याउने काम रक्त सञ्चारद्वारा मुटुले पुरा गर्दछ ।

८) रगतमा अक्सिजनको ओसार पसार गर्ने काम राता रक्तकोषहरुले गर्ने गर्दछन् । हाम्रो शरीरमा लगभग २५० खरब राता कोषहरु छन् । यी हरेक राता रक्तकोषहरुको औषत आयु लगभग १२० दिनको हुन्छ ।

९) प्रत्येक दिन हाम्रो रगतमा २५० अरब नयाँ राता रक्तकोषहरू थपिने र लगभग उसै संख्यामा राता रक्तकोषहरु माारिने पनि गर्दछन् ।

१०) सबैभन्दा धेरै हृदयघाट हुने बार सोमबार हो । भने सबैभन्दा धेरै हृदयघात हुने दिन क्रिसमस दिवस हो ।

११) महिलाको हृदय पुरुषको हृदयभन्दा छिटो चल्ने गर्दछ ।

१२) मुटुको मांशपेशीलाई संसारको सबैभन्दा तगडा मांशपेशी मानिन्छ । किनकी यो मांशपेशी हाम्रो जन्म हुनु पूर्व देखि हामी नमरुन्जेल सम्म अविश्रान्त धड्की रहन्छ ।

१३) हाम्रो शरीरमा लगभग ६०,००० (साठ्ठी हजार माईल) ९६५९० किमी रक्त नलीहरु छन् र यी सबै रक्तनलीमा मुटुले रक्त आपुर्ती गरिरहन्छ।

१४) हाम्रो मुटुलाई शरीरबाट अलग्गै राखेर पर्याप्त पोषक तत्व र अक्सिजन उपलब्ध गराईयो भने पनि मुटु धड्की रहन्छ । किनकी मुटुको आफ्नै विद्युतिय संवेग भएकाले आफै धड्किन रहन पनि सक्छ ।

१५) आज सम्म मानवमा सबै भन्दा कम २६ धड्कन प्रति मिनेट र सबैभन्दा ज्यादा ४८० धड्कन प्रतिमिनेट रेकर्ड गरिएको छ ।

१६) हामी जस्तो भावनाले ओतप्रोत हुन्छौ हाम्रो मुटु पनि त्यसै भावना अनुरूप धड्किने गर्दछ ।

१७) बच्चाहुँदा मुटुको ढुकढुकी सबैभन्दा धेरै १६० पटक सम्म र बुढेसकालमा ३० देखि ४० पटक सम्म हुनसक्छ ।

१८) महिला र पुरुषमा हार्ट एट्याक को लक्षण अलग–अलग हुन्छ ।

१९) मुटुले आँखाको कोर्नीयाका कोषहरुलाई छाडेर बाँकी ७५ ट्रिलियम कोषहरुलाई हरपल रगत आपूर्ती गराई रहेको हुन्छ ।

२०) मुटु धड्किदा आउने लव–डव आवाज मुटुको भल्वहरु खुल्दा र बन्द हुँदा आउने गर्दछ ।

२१) ३००० हजार साल पुरानो इजिप्टमा संरक्षित मम्मीहरुमा पनि मुटु सम्बन्धि अनेकौ रोग भेटिएका छन् यसर्थ मुटुरोग पुरानो रोग हो।

२२) मुटुको क्यान्सर अत्यन्तै विरलै हुने गर्दछ।

२३) कोकीन खाने व्यक्तिको मुटुको शरीर बाहिर निकाले पनि धेरै बेरसम्म धड्किरहन्छ ।

२४) शरीर भन्दा बाहिर रगत पम्प गराउदा मुटुले ३० फिट माथिसम्म रगत पम्प गर्न सक्छ ।

२५) प्रेमको चिन्हको रुपमा मुटुको चित्रलाई सन् १९५० देखि प्रयोग गरिदै आएइको छ ।

२६) मुटु रोगको कारणले हेरक वर्ष १ करोड ७९ लाख मानिसहरु अकालमा मारिने गरेका छन् ।

२७) मुटुको विद्युतिय गतिविधि मापन गर्ने यन्त्र ई.सी.जी. को आविष्कार सन् १९०३ मा नेदरल्याण्डका चिकित्सक वीलियम एन्थोभीएन ले गरेका छन् ।

२८) मुटुको पहिलो सल्यक्रिया सन् १८९३ मा भएको थियो भने १९५० मा पहिलो कृतिम भल्भ हालिएको थियो । यसैगरी १९६७ मा पहिलो मुटु प्रत्यारोपण गरिएको थियो तर मुटु प्रत्यारोपित गर्ने व्याक्ति केवल १८ दिन सम्म मात्र बाचेको थियो तर सन १९८२ मा गरिएको सफल प्रत्यारोयण पश्चात प्रत्यारोपित गर्ने व्याक्ति लामो समय सम्म बाचेको थियो ।

२९) ३ वटा मुटु भएको जनावर अक्टोपस हो ।

३०) शरीर र मुटुको आकारको अनुपातको हिसाबले कुकुरको मुटु अन्य प्राणीको भन्दा ठूलो हुन्छ ।

३१) अजिङ्गरको मुटु खाना खादाँ फैलिन्छ ।

३२) संसारमा सबैभन्दा ठूलो मुटु भएको जनावर ब्लू ह्वेल हो भने सबैभन्दा सानो मुटु भएको जनावर फेरी फ्लाई
Fairy Fly हो ।

३३) संसारमा सबैभन्दा ज्यादा धड्कीने मुटु मलेसियाली मुसा Etruscan Shrew को हो । भने सबैभन्दा कम धड्कने मुटु अमेरिकन लोखर्के Hibernating Groundhog को हो जसको मुटुको चाल क्रमश १५११ धड्कन प्रति मिनेटको र ५ धड्कन प्रति मिनेट रहेको छ ।

प्रकाशित मिति : ४ असार २०७८, शुक्रबार  ९ : ४२ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन