युरो कपका स्टारहरू | Khabarhub Khabarhub

युरो कपका स्टारहरू


४ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुन र जुलाई खेलकुदका महिना हुन् । सिङ्गो संसार यी महिनामा खेल गतिविधिमा केन्द्रित हुन्छ । यसपटक पनि यसै हुँदैछ । एक वर्षअघि नै निर्धारित प्रतियोगिताहरू अहिले चल्दैछन् ।

युरोपका धेरै सहरमा एकै पटक चलिरहेको ‘युरो कप फुटबल’ मा सबै टोलीले कमसेकम एक खेल खेलिसकेका छन् । ‘कोपा अमेरिका कप’ यसै समयमा चल्दैछ । विश्व फुटबलका दुई महान् स्टार लियोनेल मेसी र क्रिस्टियानो रोनाल्डो एकै समय दुई भिन्न प्रतियोगितामा सहभागी छन् ।

मेसी कोपा अमेरिका कपमा छन् व्यस्त छन् भने रोनाल्डो युरो कपमा । विश्व कप फुटबलमा असफल भएका रोनाल्डोका लागि युरो कपमा उपलब्धिमूलक शुरूवात भएको छ । गत संस्करणको उपाधिधारी पोर्चुगलले विजयी शुरूवात गरेको छ ।

जर्मनी र स्पेन युरोपेली फुटबलको उपाधि तीन–तीन पटक जितेर अग्रस्थानमा छन् । फ्रान्सले दुई पटक उपाधि हात पारेको छ । एक पटकमात्र जितेको पोर्चुगलका लागि रोनाल्डोको खेल जीवनमा तेस्रो पटक जित्ने कुरा असम्भव जस्तै हो । पोर्चुगल यसपटक उपाधि रक्षा गर्ने दाउमा छ ।

फुटबलको संसारमा युरो कप ब्राजिल र अर्जेन्टिना बाहेकको विश्व कपको रूपमा पनि चित्रण गरिन्छ । युरो कपपछि फुटबलको सर्वकालीन उत्कृष्ट खेलाडी को हो भन्ने बहस चल्ने गर्छ ।

यस प्रतियोगितामा रोनाल्डोले सबैभन्दा धेरै गोल गर्ने खेलाडीको रूपमा फ्रान्सका मिचेल प्लाटिनीलाई पछि पाररेका छन् । सन् १९८० को प्लाटिनीको प्रभावमा रहेको फ्रान्स र पछिल्ला दुई दशक रोनाल्डोको प्रभावमा रहेको पोर्चुगलका बीचमा धेरै समानता छन् । सो समयमा फ्रान्सले युरो कप त जितेको थियो तर विश्व कप जितेन । रोनाल्डोको नेतृत्वमा रहेको पोर्चुगलले पनि युरो कप जित्यो तर विश्व कपमा सफलता पाएको छैन ।

फिफा वर्ष खेलाडीको अवार्डमा लामो समय रोनाल्डोको प्रभाव रह्यो । प्लाटिनी उच्च फर्ममा रहँदा ‘फिफा प्लेयर अफ द इयर’ को चलन थिएन ।

युरो कपमा रोनाल्डोले ११ गोल गरेका छन् । उनीपछि प्लाटिनीले नौ गोल गरेका छन् । नब्बेको दशकमा इङ्लिस फुटबललाई एउटा उचाइ दिएका एलन सियररको नाममा युरोपेली च्याम्पियनसिपको सात गोल रहेको छ । नब्बेको दशकको अन्त्यमा पोर्तुगिज फुटबलमा उदाएका नुनो गोमेज, पछिल्लो समयमा फ्रान्सका स्टार ग्रीजम्यान र सन् २००० को दशकका फ्रान्सका स्टार थिएरी हेनरीले युरोपेली फुटबलमा छ–छ गोल गरेका थिए ।

स्वीडेनका ग्लाटन इब्राहमोभीच, नेदरल्यान्डका प्याट्रिक क्लुभर्ट, इङ्ल्यान्डका वाइन रोनी र नेदरल्यान्डका रुड भान नेस्टरलरायले पनि समान ६ गोल गरेका थिए ।

एउटा संयोग के पनि छ भने रुड भान नेस्टलराय र रोनाल्डो एकै समयमा संसारमा धेरैको सपना मानिने म्यानचेस्टर युनाइटेडमा पुगेका थिए ।

फरवार्डरको रूपमा नेस्टलराय र दायाँ विङमा डेभिड बेकह्यामको विकल्पमा रोनाल्डो म्यानचेस्टर पुगेका थिए । लगभग दुई दशकपछि पनि रोनाल्डो उस्तै सानका साथ छाइरहेका छन् । ती टिनएजर रोनाल्डो र अहिले ३६ वर्षका रोनाल्डोको जोस र खेल उलटपुलट पार्ने क्षमता उस्तै छ ।

सन् २०१६ मा बुन्डेसलीगा क्लब आरजी लेपजिङमा आबद्ध हङ्गेरीका विली ओर्वानका कारण सो टोलीको प्रदर्शन नै फरक पर्न थालेको छ । रक्षा पङ्क्तिका भरपर्दा ओर्वानको उपस्थितिमा जो कोहीलाई सो टोलीविरुद्ध गोल गर्न कठिन हुने गरेको छ । ओर्वान पनि यस प्रतियोगितामा हेर्नलायक खेलाडी हुन् ।

सन् १९६० मा शुरू भएको युरोपेली च्याम्पियनसिपको इतिहासका आफ्नै प्रभाव र महिमा छन् । यस प्रतियोगिताका संस्करणमा अनेक नायकहरूको उदय भयो । ती महान् खेलाडीको सूचीमा सबैभन्दा अगाडि रहेका रोनाल्डोले पुष्टि गर्न बाँकी धेरै छ ।

जर्मनी र स्पेन युरोपेली फुटबलको उपाधि तीन–तीन पटक जितेर अग्रस्थानमा छन् । फ्रान्सले दुई पटक उपाधि हात पारेको छ । एक पटकमात्र जितेको पोर्चुगलका लागि रोनाल्डोको खेल जीवनमा तेस्रो पटक जित्ने कुरा असम्भव जस्तै हो । पोर्चुगल यसपटक उपाधि रक्षा गर्ने दाउमा छ ।

सन् २००८ र २०१२ मा स्पेनले बाहेक कसैले पनि लगातार उपाधि जितेको छैन । सन् १९६० मा सोभियत सङ्घ र युगोस्लाभियाको प्रभाव रहेको युरो कपमा चार टोलीमात्र थिए, अहिले २४ टोली छन् ।

यसपटक युरो कपमा सहभागी धेरै टोलीमा रोनाल्डोभन्दा पछिल्ला पुस्ताका धेरै स्टारहरू छन् । यी सबैको समकक्षमा रहँदै उत्कृष्ट प्रदर्शन गर्नु उनका लागि चुनौती छ । प्रतियोगितामा अन्य हेर्न लायक खेलाडीको रूपमा नेदरल्यान्डका फ्रान्क डी जङ रहेका छन् । सन् ९० का दशकका स्टार मिडफिल्डर फ्रान्क डी बोयरले उनको उत्कृष्ट क्षमताको पहिचान गर्दै मिडफिल्डमा छाउने जिम्मेवारी दिएका छन् ।

टर्कीका ३५ वर्षीय इमाज यस प्रतियोगिताका अर्का हेर्न लायक खेलाडी मानिएका छन् । टर्कीको युरो कप छनोटको यात्रामा उनको प्रदर्शन तारिफयोग्य थिएन तर यसपटक फ्रान्सको घरेलु लिगमा लीलेका लागि गरेको प्रदर्शन उत्कृष्ट थियो । हालै नेदरल्यान्डविरुद्ध भएको विश्वकप छनोट खेलमा गरेको ह्याट्रिकले उनको चर्चा चुलिएको छ ।

लामो समयको इन्जुरीपछि टोलीमा फर्किएका जाडोन सान्चो इङ्ल्यान्डका प्रभावकारी खेलाडी मानिएका छन् । एक्काइस वर्षीय सान्चोका कारण जर्मन क्लब बोरुसिया डर्टमन्डको खेल शैली नै फेरिएको भएको छ ।

फ्रान्सलाई विश्वकप उपाधि दिलाउने क्रममा सनसनी फैलाएका केलियन एम्बापे अर्का आकर्षण भएका छन् ।

गवानमा लगातार तीन सिजन शीर्ष गोलकर्ता भएर उनले जियान पिपरेको कीर्तिमानसँग बराबरी गरेका छन् ।

युवा खेलाडीले भरिएको जर्मन टोलीमा एक मात्र परिपक्व खेलाडी हुन् थोमस मुलर । यिनको प्रदर्शनमा धेरैको चासो छ । सन् २०१६ र २०१८ को युरो कपमा अपेक्षित प्रदर्शन गर्न नसकेका पोल्यान्डका रोबर्ट लेडवास्कीका लागि यो युरो कप एउटा अवसर हो ।

युक्रेन अहिले कुनै समयका मसिहा फुटबलर आन्द्रेई सभेचेन्कोको प्रशिक्षणमा छ । तीनै सेभेचेन्कोका भरपर्दा पात्र बनेका छन् रुस्लान मालिनोभ्सकी । मालिनोभ्सकी रक्षा पङ्क्तिका र फरवार्डको पछि रहेर सहयोग गर्न सक्षम छन् । उनले युक्रेनका लागि खेलेका ३३ खेलमा ६ गोल गरेका छन् ।

भरपर्दो भएका कारण २४ वर्षीय मिडफिल्डर निको एल्भेडी स्वीट्जरल्यान्डका सबैभन्दा महत्वपूर्ण खेलाडी हुन् । सन् २०१९ यता स्वीट्जरल्यान्डले खेलेका हरेक खेलमा उनी सहभागी छन् र खम्बा नै मानिन्छन् ।

सन् २०१६ मा बुन्डेसलीगा क्लब आरजी लेपजिङमा आबद्ध हङ्गेरीका विली ओर्वानका कारण सो टोलीको प्रदर्शन नै फरक पर्न थालेको छ । रक्षा पङ्क्तिका भरपर्दा ओर्वानको उपस्थितिमा जो कोहीलाई सो टोलीविरुद्ध गोल गर्न कठिन हुने गरेको छ । ओर्वान पनि यस प्रतियोगितामा हेर्नलायक खेलाडी हुन् ।

अस्ट्रियाका २१ वर्षीय फरवार्डर सासा कालाडजिक मैदानमा छाएर खेल्न मन पराउँछन् । उनको गोल गर्ने शैली र एसिस्ट उत्तिकै उत्कृष्ट हुन्छ ।

सर्जियो रामोसको अनुपस्थितिमा सर्जियो बास्क्युट नै स्पेनिस टोलीका सबैभन्दा अनुभवी खेलाडी हुन् । सन् २०१२ को उपाधि विजेता स्पेनको टोलीका जाबी अल्वा र बास्क्युट यो टोलीमा पनि छन् । तेत्तीस वर्षको उमेरमा पनि यी मिडफिल्डरको खेल आकर्षक छ ।

लिभरपुलका लागि खेल्ने स्कटल्यान्डका एन्डी रोबर्टसन अर्का उत्कृष्ट खेलाडी हुन् । रक्षक भए पनि आक्रमणमा यिनको भूमिका हुने गरेको छ । उनको कुशल नेतृत्वमा सर्बियालाई बेलग्रेडमै टाई ब्रेकरमा हराएर स्कटल्यान्ड युरो कपमा छनोट भएको हो ।

फिनल्यान्डका मिडफिल्डर ग्लेन कामारा उत्कृष्ट पासमा लागि परिचित छन् । युरो कप भन्दा अघि ९० अन्तर्राष्ट्रिय खेलमा ३३ गोल गरेका गेराथ बेलको उत्कृष्ट प्रदर्शनका कारण वेल्स गत संस्करणमा सेमिफाइनलको यात्रा तय गर्न सफल भएको थियो । यसपटक कम्तीमा त्यही सफलता पछ्याउने वा अझ माथिल्लो तहको यात्रा गर्नेमा वेल्सको टोली आशावादी छ ।

डेनमार्कले सबैभन्दा धेरै आशा क्रिस्चियन इरिक्सनबाट गरेको थियो । तिनै इरिक्सन पहिलो खेलमै घाइते भएर अस्पताल भर्ना गरिए । उनको मुटुमा समस्या देखियो, उनी अहिले उपचारमा छन् ।

मोनाकोका लागि ह्याट्रिक गर्ने पहिलो खेलाडीको रूपमा कीर्तिमान बनाएका अलेक्जेन्डर गोलोभिन अहिले युरो कपका हेर्नलायक खेलाडी हुन् । सिएसकेए मस्कोका उत्पादन साइबेरियाका यी खेलाडी मैदानको मध्य भाग र विङमा खेल्ने क्षमता राख्छन् ।

युरोपेली फुटबल युसुबियो युग, प्लाटिनी युग, भान भास्टन युग, लोथर म्याथ्युजको प्रभाव लगायत स्टारको नाममा चर्चामा रहेको थियो । सत्तरीको दशकका जोहन क्रुफ, गर्ड मुलर र ब्याकनबर्गको त आआफ्नै महिमा छ । जिनेदान जिदानको स्थानका बारे बहस कायमै छ ।

पहिलो पटक ठूलो प्रतियोगितामा सहभागी भएको उत्तरी मेसोडेनियाका गाजानी अलिस्कोइमागीमा धेरैको आँखा गडेको छ । अन्तर्राष्ट्रिय प्रतियोगितामा ७ गोल गरेका उनले ६ गोल सन् २०१८ भन्दापछि गरेका हुन् । उनले यसबीचमा धेरै जसो फरवार्डबाहेकको पोजिसनमा खेलेका छन् ।

युक्रेन अहिले कुनै समयका मसिहा फुटबलर आन्द्रेई सभेचेन्कोको प्रशिक्षणमा छ । तीनै सेभेचेन्कोका भरपर्दा पात्र बनेका छन् रुस्लान मालिनोभ्सकी । मालिनोभ्सकी रक्षा पङ्क्तिका र फरवार्डको पछि रहेर सहयोग गर्न सक्षम छन् । उनले युक्रेनका लागि खेलेका ३३ खेलमा ६ गोल गरेका छन् ।

इस्टोनिया विरुद्धको विश्वकप खेलमा ह्याट्रिक गरेका टामेस साउसेकमाथि चेक गणतन्त्रले धेरै आशा गरेको छ ।

पन्ध्र वर्ष अन्तर्राष्ट्रिय खेल खेलेका लुका मोड्रिकको उत्कृष्ट प्रदर्शनसहित क्रोएसिया गत विश्वकप फाइनलमा प्रवेश गरेको थियो । उनका लागि यो युरो कप पनि महत्वपूर्ण रहेको छ । स्लोभाकियाका मिलान श्रीनाकार र स्विडेनका डेजान कुलुसेभ्कसी यस युरो कपका हेर्न लायक थप खेलाडी हुन् ।

एक महिना चल्ने यस प्रतियोगितामा धेरै आरोह र अवरोह हुनेछन् । इतिहास बनाइसकेका परिपक्व खेलाडी रोनाल्डोका लागि आफूभन्दा धेरै पछिका खेलाडी माझमा उत्कृष्ट सिद्ध हुने दबाब छ । यस्तो दबाबका बीच आफूलाई सक्रिय राखेका रोनाल्डोबाट आशा गरौँ, विश्व फुटबलको इतिहासमा उनले यस युरो कपमा एउटा अध्याय थप्ने छन् ।

युरोपेली फुटबल युसुबियो युग, प्लाटिनी युग, भान भास्टन युग, लोथर म्याथ्युजको प्रभाव लगायत स्टारको नाममा चर्चामा रहेको थियो । सत्तरीको दशकका जोहन क्रुफ, गर्ड मुलर र ब्याकनबर्गको त आआफ्नै महिमा छ । जिनेदान जिदानको स्थानका बारे बहस कायमै छ ।

अपेक्षा गौरौँ, अझै युरोपेली फुटबलको सिङ्गो प्रतिनिधित्व रोनाल्डोले गर्ने छन् । विभिन्न एजेन्सीहरूको सहयोगमा

प्रकाशित मिति : ४ असार २०७८, शुक्रबार  ९ : ०० बजे

रोनाल्डोले जिते युभेन्टससँगको कानुनी लडाई

काठमाडौँ– क्रिस्टियानो रोनाल्डोले इटालियन फुटबल क्लब युभेन्टसविरुद्धको कानुनी लडाई जितेका

सुनको मूल्य घट्याे, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल

सवारी दुर्घटनामा आठ चिनियाँ पर्यटक घाइते

कास्की– पोखरामा आज बिहान भएको सवारी दुर्घटनामा आठजना चिनियाँ पर्यटक

सुदूरपश्चिममा सरकारमा दाबी गर्न दिएको समय आज सकिँदै

धनगढी– सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले नयाँ मुख्यमन्त्री दाबी

लगानी सम्मेलन : हात्ती आयो फुस्सा !

काठमाडौं– सरकारले आगामी वैशाख १६ र १७ गते ‘नेपाल इन्भेष्टमेन्ट