चक्रवातका कारण महाराष्ट्रमा ११ जनाको मृत्यु, ६ हजार ३ सय बढी गाउँ प्रभावित | Khabarhub Khabarhub

चक्रवातका कारण महाराष्ट्रमा ११ जनाको मृत्यु, ६ हजार ३ सय बढी गाउँ प्रभावित


४ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – ‘ताऊ ते’ चक्रवातले भारतका केही राज्यमा वितण्डा मच्चाएको छ । महाराष्ट्र सबैभन्दा बढी प्रभावित भएको छ । ६ हजार ३४९ बढी गाउँ चक्रवातका कारण नराम्ररी प्रभावित भएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
चक्रवातका कारण महाराष्ट्रमा मात्रै ११ जनाको मृत्यु भएको छ ।

रायगढ जिल्लामा चार जनाले ज्यान गुमाएका हुन् भने रत्नागिरी र ठाणे जिल्लामा २–२ जनाको मृत्यु भएको हो । यस्तै, सिन्धुदुर्ग र धुलेमा १–१ जनाको ज्यान गएको छ । मुम्बईको मिरा रोड क्षेत्रमा एक जनाको मृत्यु भएको हो ।

मुम्बईको ४७९ स्थानमा रुख ढलेका छन् । जसका कारण ६० भन्दा बढी स्थानमा ट्राफिक व्यवस्था प्रभावित भएको छ । आँधीका कारण सयौँ सवारी साधानमा क्षति पुगेको बताइएको छ ।

भारतीय मौसम विभागका अनुसार ताऊ तेका कारण मुम्बईमा ११४ किलोमिटर प्रतिघण्टाको गतिमा हावा चलेको छ ।

यस्तै, आँधी प्रभावित क्षेत्रमा विद्युत सेवा काटिएको छ । विद्युत सब स्टेशनमा क्षति पुगेका कारण विद्युत आपुर्ति प्रभावित भएको हो ।

प्रकाशित मिति : ४ जेठ २०७८, मंगलबार  ३ : ०१ बजे

च्याम्पियन्स लिग : रियल मड्रिड सेमिफाइनलमा

काठमाडौँ– युईएफए च्याम्पियन्स लिग फुटबलमा रियल मड्रिड सेमिफाइनलमा प्रवेश गरेको

मानसिक रोगको कारण बन्नसक्छ स्मार्ट फोन

सामाजिक मनोचिकित्सक जोनाथान हाइडट पछिल्लो समय युवा पुस्ता अझ भनौँ

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत विधायन व्यवस्थापन समितिको बैठक आज

एकीकृत घुम्ती सेवाप्रति स्थानीयमा उत्साह

महोत्तरी– स्थानीय तहमा राज्यका विभिन्न निकायद्वारा सञ्चालन गरिने एकीकृत घुम्ती

बारम्बार तिर्खा लाग्नु स्वास्थ्य समस्या हुन सक्छ !

काठमाडौँ– अहिले गर्मी मौसम सुरु भएको छ । गर्मीमा पसिना