आफ्नै नेतृत्व भएमात्र जसपा सरकारमा जाने | Khabarhub Khabarhub

आफ्नै नेतृत्व भएमात्र जसपा सरकारमा जाने


४ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनता समाजवादी पार्टीले आफ्नै नेतृत्वमा सरकार बन्ने अबस्था आएमात्रै सरकारमा सहभागी हुने जनाएको छ ।

जसपाले एमाले नेतृत्वको सरकारमा सहभागी हुने वा अर्को गठनबन्धनमा सहभागी हुने भन्ने अन्योल रहेका बेला अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुरले संयुक्त विज्ञप्ति जारी गर्दै आफ्नै नेतृत्वमा सरकार बन्ने अबस्थाबाहेक सरकारमा सहभागी नहुने स्पष्ट पारेको हो ।

विज्ञप्तिमा आफ्नै नेतृत्वको सरकार बन्ने वा राष्ट्रिय सहमतिको सरकार बन्ने अबस्थामा मात्रै सरकारमा सहभागी हुने जनाइएको छ ।

विज्ञप्तिमा भनिएको छ,‘जनता समाजवादी पार्टी सरकार सहभागी नभई प्रतिपक्षको भूमिकामा रही आफ्नो भूमिका निर्वाह गर्ने पार्टीको नीति र निर्णय यथावत कायम रहनेछ ।’

जसपाकै नेतृत्वमा सरकार बन्ने वा राष्ट्रिय सहमतिको सरकार बन्ने अबस्थामा भने सरकार सहभागी हुने जसपाका दुईजना अध्यक्षले स्पष्ट पारेका छन् ।

विज्ञप्तिमा भनिएको छ,‘राष्ट्रिय सहमति वा आफ्नै पार्टीको नेतृत्वमा सरकार बन्न सक्ने अवसर प्राप्त हुनसक्ने अबस्था आएमा सरकार गठनमा अगाडि बढ्न सकिनेछ ।’

यसअघि जसपाको एउटा समुहले संसदीय दलको नेतामा राजेन्द्र महतोलाई चयन गरेपछि पार्टीभित्र आन्तरिक शक्तिसंघर्ष चुलिएको छ । जसका कारण पार्टी विभाजन हुनसक्ने आशंका उत्पन्न भएका बेला दुईजना अध्यक्षले जारी गरेको विज्ञप्तीमा पार्टीभित्र देखिएको समस्या समाधानका लागि पार्टीभित्रै छलफल गर्नुपर्नेमा जोड दिएका छन् ।

प्रकाशित मिति : ४ जेठ २०७८, मंगलबार  २ : १८ बजे

राष्ट्रपति पौडेलद्वारा सेतो मच्छिन्द्रनाथको दर्शन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज सेतो मच्छिन्द्रनाथको दर्शन गर्नुभई

वनलाई हात्तीमैत्री बनाउनुपर्छ : राजेन्द्र लिङ्देन

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वन क्षेत्रलाई

स्थानीयस्तरबाट खेलाडी तयार गर्न राज्यले विशेष ध्यान दिनु आवश्यक छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुदका माध्यमबाट देशलाई विश्वमाझ चिनाउन

देशैभर पुग्यो पाठ्यपुस्तक

भक्तपुर – जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले देशभर पाठ्यपुस्तक पुर्‍याएको

सुनिलको शानदार शतक, राजस्थानलाई विशाल लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सले