ताऊ ते आँधीका कारण अरब सागरमा ४ पानीजहाजका ७ सयबढी मानिस फसे, २१५ को उद्धार | Khabarhub Khabarhub

ताऊ ते आँधीका कारण अरब सागरमा ४ पानीजहाजका ७ सयबढी मानिस फसे, २१५ को उद्धार


४ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – ‘ताऊ ते’ आँधीका कारण मुम्बईको समुद्रमा भारतका चारवटा पानी जहाज फस्दा ७ सय बढी मानिस अलपत्र परेका छन् । चारवटा पानी जहाजमा ७१० जना मानिस फसेको र त्यसमा २१५ जनाको उद्धार गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

मुम्बईबाट १७५ किलोमिटरको दूरीमा रहेको हिरा फिल्ड्समा बार्ज पी–३०५ पानी जहाजमा उद्धार कार्य जारी रहेको बताइएको छ । उक्त जहाजमा २७३ बढी मानिस सवार रहेको र १७७ जनालाई उद्धार गरिएको छ ।

यस्तै अर्को जहाज बार्ज गाल कन्स्ट्रक्टरमा १३७ जना सवार रहेकामा ३८ जनाको सकुशल उद्धार गरिएको बताइएको छ । ती दुवै जहाजसम्म उद्धार तथा सहयोग पुगिरहेको बताइएको छ ।

यस्तै भारतीय नौ सेनाका प्रवक्ता मेहुल कर्णिकलाई उदृत गर्दै भास्कर डटकमले जनाएअनुसार अर्को जहाज बार्ज पी–३०५ र बार्ज एसएस–३ समुद्रमा फसेका छन् ।

यी दुई जहाजमा ४९५ जना मानिस फसेको बताइएको छ । दुवै जहाजमा फसेका मानिसहरुको उद्धारका लागि तीव्रताका साथ काम भइरहेको जनाइएको छ । नौसेनाको हेलिकोप्टर तथा उद्धार दलले फसेका मानिसहरुको उद्धार जारी राखेका छन् ।

एजेन्सीको सहयोगमा

प्रकाशित मिति : ४ जेठ २०७८, मंगलबार  २ : ३२ बजे

भक्तपुरमा आगलागीबाट १८ चौपाया मरे

भक्तपुर । सूर्यविनायक नगरपालिका- १, तर्खगालस्थित ओमसाई गाई फर्ममा आज

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द

झापा । झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका सीमानाका आज

युद्धका लागि उमेर पुगेका नागरिकलाई युक्रेनले स्वदेश फिर्ता बोलाउने

युक्रेन – सेनाका लागि सेवा गर्ने उमेर पुगेका पुरुषहरूलाई देश

सुनसरीको भोक्राहामा आगलागीबाट लाखौँको क्षति

सुनसरी – सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ शिवगञ्जस्थित शिशौ टोलमा आज

आगलागी पिडितलाई राहत वितरण

तम्घास । गुल्मीको मदाने गाउँपालिका १ अग्लुङ्गका आगलागी पिडितहरुलाई राहत