गणेशको पूजाबाट शनिदेव कसरी खुसी हुन्छन् ? | Khabarhub Khabarhub

गणेशको पूजाबाट शनिदेव कसरी खुसी हुन्छन् ?


४ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अहिलेसम्म तपाईंले हनुमानको पूजा गर्दा शनिदेव पनि शान्त हुने वा उनको कृपा प्राप्त हुने सुन्नु भएको होला । यससंग सम्बन्धीत पौराणिक कथा पनि पढ्नु भएको होला । तर के तपाईंलाई बुधवार गणेशको पूजा गर्दा शनिदेव प्रसन्न हुन्छन् भन्ने बारे जानकारी छ ?

भगवान गणेश, प्रथम पूज्य देवता मानिन्छन् । हरेक पूजा वा शुभ कार्यको शुरुवात गणेशको पूजा र नामबाटै शुरु हुन्छ । गणेशलाई बुद्धिका साथै सिद्धि प्रदान गर्ने र विघ्नहर्ता देवताको रुपमा पुजिन्छ । त्यसैले बुधवार गणेशको पूजा गर्ने परम्परा छ ।

बुधवार गरीने गणेशको पूजाद्धारा शनिदेव पनि प्रसन्न हुने कृपा प्राप्त हुने धार्मीक मान्यता छ । बुधबार गणेशको पूजा गर्दा शनि दोष नष्ट हुने मात्र होइन, शनि ग्रहको प्रकोप पनि नाश हुने विश्वास गरीन्छ ।

किन हुन्छन् शनिदेव गणेशको पूजाबाट खुसी ?
धार्मीक मान्यता अनुसार शनिदेवलाई प्रसन्न पार्न भगवान शिवको कृपा आवश्यक छ । हनुमान शिवकै रूद्र अवतार मानिन्छन् । अर्थात हनुमान शिवको अंश मानिन्छन् । साथै गणेश शिव पुत्र भएकाले उनमा पनि शिवकै अशं छ । समग्रमा हेर्ने हो भने भगवान शिवसंग जोडिएको कारणले हनुमान र गणेशको पूजाले शनिदेव प्रसन्न हुने गर्दछ । जस अनुसार गणेशको पूजाबाट शनिको साढेसाती, शनिको अढैया र शनिको दशाबाट छुटकारा पाउन सकिन्छ ।

प्रकाशित मिति : ४ जेठ २०७८, मंगलबार  ९ : ५३ बजे

कुम्भमेलामा १० दिनमा दुई लाख दर्शनार्थी सहभागी

धरान– सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा सञ्चालन भइरहेको १२ वर्षे पिण्डेश्वर

अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिन जाने उसु खेलाडीको बिदाई

काठमाडौं– चीनमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिन २० सदस्यीय

एमाले महाधिवेसन प्रतिनिधि सम्मेलन (फोटोफिचर)

काठमाडौंं– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजबाट सुरु

राष्ट्रिय महिला टिमका ६ क्रिकेटरले मलेसियामा सुपर कप खेल्ने

काठमाडौं- नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका ६ क्रिकेटरले मलेसियाको सुपर