यस्ता छन् कालो अंगुर सेवनका फाइदा | Khabarhub Khabarhub

यस्ता छन् कालो अंगुर सेवनका फाइदा


४ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अंगुर कालो र हरियो दुई रङमा पाइन्छ । अंगुर खादा गुलियो भए पनि यसमा चिनीको मात्रा भने हुँदैन । अंगुरमा सबै आवश्यक पोषक तत्त्व जस्तै पानी, सोडियम, पोटेसियम, साइट्रिक एसिड, म्याग्नेसियम र आइरन हुन्छन् ।

यस्ता छन् कालो अंगुरको फाइदाः

– हृदयघात जस्तो गम्भीर रोगमा पनि अंगुर लाभदायक हुन्छ । यसले शरीरमा रगत जम्न दिँदैन जसका कारण मुटु ठीक अवस्थामा रहन्छ ।

– माइग्रेन कतिपयलाई माइग्रेन जस्तो रोगले निकै सताइरहेको हुन्छ । यस्तो समस्यामा टाउकोको आधा भाग दुख्ने गर्दछ । यस्तो पीडाको समयमा कालो अंगुरको सेवन गर्नु भएमा पीडा हराउँदछ ।

– रक्ताल्पता शरीरमा रगतको कमी हुँदा कमजोरी महशुस हुने र अन्य स्वास्थ्य समस्या पनि देखा पर्ने हुन्छ । यस्तो अवस्था निम्तिन नदिनको लागि दिनदिनै खाली पेट अंगुर खानुहोस् ।

– क्यान्सर अंगुरमा भएको पोलीफेनोलिक फाइटोकेमिकलले शरीरलाई क्यान्सरबाट मात्र नभई कोरोनरी मुटुरोग, नसारोग, बिर्सने रोग र फंगल संक्रमणबाट लड्ने क्षमता प्रदान गर्दछ ।

– अनुहार वा जिउमा आएका फोकालाई सुकाउनका लागि अंगुर सहयोगी हुन्छ । रक्तस्राव शरीरको कुनै भागबाट धेरै रगत बग्यो भने अंगुरको जुस एक गिलास बनाएर दुई चम्चा मह मिसाएर पिउनुअहोस् ।

एजेन्सीको सहयोगमा

प्रकाशित मिति : ४ जेठ २०७८, मंगलबार  ५ : ५८ बजे

बनेपामा यातायात व्यवस्था कार्यालय स्थापना हुने

धुलिखेल– काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–६ बडोलस्थित नगरपालिकाको स्वामित्वमा रहेको बुडोल सपिङ

कैलालीका सात नदीमा तटबन्ध निर्माण सुरु

कैलाली– कैलालीका विभिन्न भाग भएर बग्ने सात वटा नदीमा तटबन्ध

हामीलाई कमजोर ठाने उथलपुथल हुन्छ : माधव नेपाल

रौतहट– एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफूहरूलाई

नौ वाणिज्य बैंक : जसको शेयर मूल्य प्रतिकित्ता दुई सय पनि पर्दैन 

काठमाडौँ– कुनै बेला शेयर बजारमा एकछत्र राज गरेका वाणिज्य बैंकहरुको

काँकरभिट्टा–लौकही सडक स्तरोन्नति

झापा– पूर्वपश्चिम राजमार्गअन्तर्गत काँकरभिट्टा–लौकही खण्डमा स्तरोन्नतिको काम सुरु भएको छ