भोजभतेरले म्याग्दीमा फैलियो कोरोना | Khabarhub Khabarhub

भोजभतेरले म्याग्दीमा फैलियो कोरोना


४ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–४ मा पर्ने सिंगा र तातोपानी क्षेत्र कोरोना सङ्क्रमणको केन्द्र बनेको छ ।

तातोपानी कुण्ड स्नानका लागि आएका पाहुनामार्फत भित्रिएको कोरोना भोजभतेर र जमघटबाट टोल बस्ती हुँदै नागरिकका घरसम्म पुगेको छ ।

सिंगाका वडाध्यक्ष गोविन्द पौडेलका अनुसार वडाभर हालसम्म ६५ भन्दा बढी सङ्क्रमित भइसकेका छन् भने दुई जनाको ज्यान गएको छ ।

स्वास्थ्य कार्यालय र प्रदेशको स्वास्थ्य निर्देशनालयले सोमबार सार्वजनिक गरेको बेनी नगरपालिकाका ५१ जना सबै सङ्क्रमित वडा नं ४ का हुन् ।

वैशाख २७ गते नगरपालिकाका स्वास्थ्यकर्मीहरुले लक्षण देखिएका र सङ्क्रमितको नजिकको सम्पर्कमा रहेका ६७ जनाको सिंगामा स्वाब सङ्कलन गरेका थिए ।

“तातोपानी, सिंगा, बास्कुना, थामडाँडा, डाँडाखेत र सुर्केमेलामा बढी सङ्क्रमित छन । कतिले अझै परीक्षण गरेका छैनन”, वडाध्यक्ष पौडेलले भने, “छुटेका र सङ्क्रमितको सम्पर्कमा रहेका व्यक्तिहरुको मङ्गलबार पुनः तातोपानीमा स्वाब सङ्कलन गर्दैछौँ ।”

गत वैशाख १४ गते तातोपानीका होटल व्यवसायीहरुलाई कोरोनाको लक्षण देखिएको थियो । वडाध्यक्ष पौडेलका अनुसार यसअघि बेनी नगरपालिकाको वडा नं ४ मा १६ सङ्क्रमित थिए ।

जिल्ला प्रशासन कार्यालयले म्याग्दीका तातोपानी कुण्ड बन्द गराउन निर्देशन दिनुभन्द्या अघिदेखि नै तातोपानीमा भित्रिएको कोरोना फैलिने क्रममा थियो ।

तातोपानीको छिमेकी बस्ती सिंगा, सुर्केमेला, डाँडाखेत, बास्कुना र थामडाँडामा १४ गतेपछि चौरासी पूजा, विवाह, क्रिया कर्म, व्रतबन्ध जस्ता सांस्कृतिक कार्य भए र त्यहाँ भोजभतेर र जमघट भएको थियो । नागरिकहरु सचेत भइसकेका थिएनन् ।

मास्क, स्यानिटाइजरको प्रयोग र हात धुने अभ्यासप्रति ध्यान दिएनन् । प्रशासनले प्रतिबन्ध लगाए पनि सांस्कृतिक कार्यमा बाजागाजा, नाचगान र भोजभतेर चल्यो ।

तातोपानी स्नान र भ्रमणमा आएका शहरी क्षेत्रका पाहुनामार्फत भित्रिएको कोरोना समुदायस्तरमा फैलाउन सांस्कृतिक कार्यले सहयोग पुगेको ठहर जिल्लास्थित सुरक्षा निकाय, जनप्रतिनिधि, प्रशासन र सरोकारवालाले गरेका छन् । फैलिएको कोरोना नियन्त्रण गर्न सिंगा, तातोपानीलगायतका बस्तीका बासिन्दाहरु घरभित्रै बसेका छन् ।

तातोपानीको उपल्लो र तल्लो बजार सोमबार दिउँसो सुनसान थियो । पसल तथा होटल बन्द थिए । मानिसहरु झ्यालबाट बाहिर हेरिरहेका थिए ।

उनीहरु कोरोनादेखि डराएको जस्तो वातावरण थियो । लक्षण देखिएका र सम्पर्कमा रहेकाहरुको स्वाब परीक्षण, उपचारका साथै थप फैलिन नदिन सचेतनामूलक कार्यक्रम गरिएको वडाध्यक्ष पौडेलले बताए । उनले स्वास्थ्यकर्मीसहितको टोली सङ्क्रमितको घरमा पुगेर अवस्था बुझ्ने र हौसला दिन थालिएको बताए ।

यसैबीच बेनी नगरपालिकाका ५१ सहित म्याग्दीमा सोमबार ८२ नयाँ सङ्क्रमित थपिँदा ५३ जनाले कोरोना जितेको स्वास्थ्य कार्यालयले जनाएको छ । कोरोना जित्नेमा बेनीका तीन महिनाको शिशुदेखि रघुगङ्गाका ८९ वर्षका वृद्धसम्म छन् ।

प्रकाशित मिति : ४ जेठ २०७८, मंगलबार  ७ : ४० बजे

आजका समाचार : मन्त्रिपरिषद् बैठकदेखि मोहम्मद अफताव आलमलाई जन्म कैदसम्म

मन्त्रिपरिषद् बैठक  सरकारले सहकारीका समस्या समाधानका लागि तत्काल प्रक्रिया सुरु

नारायणी नदीमा सशस्त्रको सेमुलेशन अभ्यास 

काठमाडौं- सशस्त्र प्रहरीले चितवनको नारायणी नदीमा सेमुलेशन अभ्यास सम्पन्न गरेको

सुनिल पौडेललाई थुनामा राख्न आदेश

काठमाडौं- नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेललाई विशेष अदालतले

भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा

टक्सार– भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप

सर्लाहीको हरिपूर्वामा आगोले जलेर चार घर नष्ट 

बरहथवा– सर्लाहीको हरिपूर्वा नगरपालिका–५ धोवीनियामाा आगलागी भएको छ । आगोले