विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या ३४ लाख नाघ्यो | Khabarhub Khabarhub

विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या ३४ लाख नाघ्यो

दैनिक संक्रमितभन्दा निको हुने धेरै


४ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  विश्वभर कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ३४ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा १० हजार ३४८ जनाको मृत्यु भएसँगै विश्वभर कोरोनाले ज्यान गुमाउनेको संख्या ३४ लाख ३ हजार ७४४ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

विश्वभर दैनिक कोरोना भाइरसबाट संक्रमित हुनेभन्दा निको हुनेको संख्या बढ्दै गएको छ ।

पछिल्लो २४ घण्टामा ८ लाख १० हजार ६४४ जना संक्रमणमुक्त भएका छन् । २४ घण्टामा संक्रमणमुक्त हुने यो संख्या नयाँ संक्रमितभन्दा झण्डै तीन लाखले धेरै हो ।

पछिल्लो विवरणसँगै विश्वभर संक्रमण जित्नेको संख्या १४ करोड ४१ लाख ६८ हजार ५०२ पुगेको छ । कुल संक्रमितको आधारमा निको हुने दर ८७.७७ प्रतिशत हो ।

यस्तै पछिल्लो २४ घण्टामा ५ लाख २७ हजार ६३ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै विश्वभर संक्रमितको संख्या १६ करोड ४२ लाख ५७ हजार ५१ पुगेको छ ।

होम तथा संस्थागत आइसोलसनमा रहने सक्रिय संक्रिमतको संख्या १ करोड ६६ लाख ८४ हजार ८०५ छ । यसमध्ये १ लाख १ हजार ७९८ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

कोरोनाले विश्वमा सबैभन्दा बढी संयुक्त राज्य अमेरिका प्रभावित भए पनि पछिल्ला दिनमा संक्रमितको संख्यामा कमी आएको छ ।

अमेरिकामा २ करोड ७१ लाखभन्दा धेरैले कोरोना भाइरसको संक्रमणलाई जितेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा ३६५ संक्रमितको मृत्यु भएको छ । योसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउने संक्रमितको संख्या ६ लाख ५३० पुगेको छ ।

त्यहाँ पछिल्लो २४ घण्टामा २४ हजार १६४ जनामा संक्रमण पुष्टि भएको छ ।

दोस्रो लहरको ‘हटस्पट’ बनेको भारतमा एक सातायता संक्रमितको दरमा कमी आएको छ ।

लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ २ लाख ६३ हजार ६५ जनामा संक्रमण भएको छ । संक्रमितको यो संख्या सोमबारको तुलनामा करिव २० हजारले कम हो ।

संक्रमितको दर घटे पनि मृत्युदर भने उल्लेख्यरुपमा घटेको छैन । अहिले पनि दैनिक चार हजारको हाराहारी संक्रमितको मृत्यु भइरहेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ ४ हजार ३४० जनाको मृत्यु भएको छ । यो संख्या सोमबारको भन्दा २४८ ले बढी हो ।

पछिल्लो विवरणअनुसार भारतमा कोरोना संक्रमितको मृतक संख्या २ लाख ७८  हजार ७५१ पुगेको छ ।

यसैगरी ब्राजिलमा ४ लाख ३६ हजार ८६२ जनाको मृत्यु भएको छ । यस्तै  रूसमा १ लाख १६ हजार २११ जना, बेलायतमा १ लाख २७ हजार ६८४ जना, फ्रान्समा १ लाख ७ हजार ८१२ जना, इटालीमा १ लाख २४ हजार २९६ जनाको मृत्यु भएको छ ।

अफ्रिकी मुलुकहरुमा १ लाख २६ हजार ९१३ जनाको मृत्यु भएको छ । अफ्रिकी महादेशको सबैभन्दा धेरै प्रभावित दक्षिण अफ्रिकामा ५५ हजार २६० संक्रमितको मृत्यु भएको छ ।

प्रकाशित मिति : ४ जेठ २०७८, मंगलबार  ६ : ५५ बजे

गोरखा भूकम्पको ९ वर्ष : बारपाककाे फेरियो स्वरूप (तस्बिरहरु)

गोरखा– २०७२ साल बैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर

चीनमा ठूलो बाढी, एक लाख मानिसलाई स्थानान्तरण

बेइजिङ– दक्षिण चीनमा भारी वर्षा र बाढीका कारण एक लाखभन्दा

जङ्गलको डढेलो बस्तीमा पस्दा पाँच घर नष्ट

सोलुखुम्बु– सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–२ देउपुजेको जङ्गलमा लागेको डढेलो बस्तीमा फैलिँदा

स्वास्थ्य क्षेत्रका चुनौती सामना गर्न सक्नुपर्छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्वास्थ्य क्षेत्रमा नयाँनयाँ चुनौतीहरू

झापाको झिलझिलेमा सवारी दुर्घटना, तीनजनाको मृत्यु

झापा– झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान भएको सडक दुर्घटनामा तीन