शिक्षा ऐनमा व्यवस्थापन समितिको भूमिका थप स्पष्ट गरिने | Khabarhub Khabarhub

शिक्षा ऐनमा व्यवस्थापन समितिको भूमिका थप स्पष्ट गरिने


५ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सरकारले सङ्घीय शिक्षा ऐनमा विद्यालय व्यवस्थापन समितिको भूमिकालाई थप स्पष्ट पार्ने भएको छ । नयाँ संविधानअनुसार सङ्घीय ऐन तर्जुमाको क्रममा रहेको छ ।

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले आयोजना गरेको अभिभावकको सवाल प्राथमिकीकरण तथा रणनीतिक योजना अद्यावधिक कार्यशालाको समापनका अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहससचिव दीपक शर्माले विद्यालयको गुणस्तर सुधारका लागि व्यवस्थापन समिति, अभिभावक, प्रधानाध्यापक र शिक्षकको सक्रिय भूमिकालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।

सोका लागि योजनाबद्ध काम गर्न आग्रह गर्दै मन्त्रालयका प्रवक्ता शर्माले सरकारले सामुदायिक विद्यालय सुधार दशक घोषणा गरी कार्यक्रम कार्यान्वयन भइरहेकाले रुपान्तरणकारी राम्रा विद्यालयलाई अगाडि ल्याउन आग्रह गरे । उनले शिक्षामा बजेट बढाउन पहल भइरहेको पनि जानकारी दिँदै सार्वजनिक विद्यालयको गुणस्तर सुधारका लागि विद्यालय सुधार योजना, गाउँ र नगर शिक्षा सुधार योजना बन्नुपर्ने जनाए ।

शिक्षा नीति तथा अभ्यास केन्द्रको सहकार्यमा काभ्रेको धुलिखेलमा सम्पन्न तीन दिने कार्यशालाले सङ्घीय शिक्षा ऐन चाँडो ल्याउनुपर्नेलगायत १० बुँदे घोषणापत्र जारी गरेको महासङ्घका अध्यक्ष कृष्ण थापाले जानकारी दिए । उनले राज्यका नीति, नियम, कानून र निर्देशिका तर्जुमा हुँदा आफूहरुको सहभागिता र स्वामित्व अनिवार्य गर्न र अभिभावकको अधिकारलाई सम्मान गर्न माग गरे ।

महासङ्घका महासचिव गुणराज मोक्तानका अनुसार महासङ्घका प्रदेश र जिल्लास्तरका पदाधिकारी सहभागी कार्यशालामा शिक्षाविद् डा राजेन्द्रध्व जोशी, शिक्षा विश्लेषक टीका भट्टराई, सहजकर्ता सोमत घिमिरेलगायत स्रोत व्यक्तिका सहजीकरण गरेका थिए । मुलुकका २९ हजार सामुदायिक विद्यालयका व्यवस्थापन समितिको प्रतिनिधित्व गर्ने गरी विसं २०७० मा स्थापित सो महासङ्घमा हाल ४७ जिल्ला समिति गठन भइसकेको छ ।

प्रकाशित मिति : ५ बैशाख २०७८, आइतबार  १० : ४५ बजे

अमेरिका भ्रमण सकाएर स्वदेश फर्किए अर्थमन्त्री पुन  

काठमाडौं– अर्थमन्त्री वर्षमान अमेरिका भ्रमण सकाएर स्वदेश फर्किएका छन् । 

अब आन्तरिक कलह हट्नुपर्छ : इजरायली प्रधानमन्त्री नेतान्याहु

इजरायल– इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बिहीबार मोसादको मुख्यालय (इजरायलको अन्तर्राष्ट्रिय

पत्रकार राष्ट्रको सच्चा पहरेदार हो : प्रदेश प्रमुख परियार

कर्णाली– कर्णाली प्रदेश प्रमुख तिलक परियारले पत्रकार राष्ट्रको सच्चा पहरेदार

राहुघाटमा निर्माणाधीन पाँच जलविद्युत् आयोजना अन्तिम चरणमा

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाटमा सञ्चालित पाँच वटा

गण्डकीमा मन्त्रीको कार्यविभाजन, मनाङेले पाए भौतिक पूर्वाधार मन्त्रालय

कास्की– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रीहरूको कार्यविभाजन गरेका छन्