भोलिका लागि बोलाइएको पार्टीको बैठक रोक्न एमाले नेता बोहराको आग्रह | Khabarhub Khabarhub

भोलिका लागि बोलाइएको पार्टीको बैठक रोक्न एमाले नेता बोहराको आग्रह


५ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेका केन्द्रीय अनुशासन आयोगका अध्यक्ष अमृत कुमार बोहराले पार्टी अध्यक्ष केपी शर्मा ओलीले बोलाएको बैठक रोक्न आग्रह गरेका छन् ।

बोहराले आज एक वक्तव्य जारी गर्दै अध्यक्ष ओलीले सोमबारका लागि बोलाएको महाधिवेशन आयोजक कमिटीको बैठक रोक्न आग्रह गरेका हुन् ।

एमालेको नवौं महाधिवेशनबाट अनुशासन आयोगको अध्यक्ष निर्वाचित बोहराले आयोजक कमिटीको बैठकले स्थितिलाई थप असहज बनाउँने बताएका छन् ।

‘अहिलेको बिग्रिरहेको स्थितिलाई सुधार गर्न विविध उपायहरु खोजिनुपर्नेमा २०७८ वैशाख ८ गते आयोजक कमिटीको बैठक भनेर स्थितिलाई थप असहज बनाउने काम गरिँदैछ । यसलाई तत्काल रोकिनुपर्छ’, वक्तव्यमा उल्लेख छ ।

उत्तेजना, आवेश र अभिमान हावी भएर कुनै पनि निर्णय गर्न नहुने बोहराले उल्लेख गरेका छन् । वक्तव्यमा अदालतको फैसलाअनुसार, २ जेठ २०७५ अगाडिकै एमाले संरचना कायम गर्न पनि उल्लेख गरिएको छ । बोहराले गएको २८ फागुनमा अध्यक्ष ओलीले एक्लौटी निर्णय गरेकाले त्यसलाई खारेज गर्नुपर्ने सुझाव पनि दिएका छन् ।

उनले विशेषगरी प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली पार्टीलाई विग्रह र विभाजनबाट जोगाउन गम्भीर हुनुपर्ने बताएका छन् ।

प्रकाशित मिति : ५ बैशाख २०७८, आइतबार  ६ : १६ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन