संसदलाई घेराबन्दीमा पारिएको सभामुख सापकोटाको दाबी | Khabarhub Khabarhub

संसदलाई घेराबन्दीमा पारिएको सभामुख सापकोटाको दाबी


५ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सभामुख अग्निप्रसाद सापकोटाले संसदलाई घेराबन्दीमा पारिएको बताएका छन् ।

नेपाल पत्रकार महासंघको नवनिर्वाचित पदाधिकारीको पदभार ग्रहण कार्यक्रममा बोल्दै सभामुख सापकोटाले संसदमाथि घेराबन्दी भइरहेको बताएका हुन् ।

‘व्यक्तिबीचको टक्कर हो कि भनेर बहस भइरहेको छ । तर त्यसो होइन, यो टक्कर लोकतान्त्रिक मुल्य मान्यतालाई अघि बढाउने विषयसँग सम्बन्धित छ । राष्ट्रिय हितका विषयमा दृढतापूर्वक अघि बढेपछि संसदमाथि  निकै ठूला घेराबन्दी भइरहेका छ । त्यसका विषयमा अनेक खालका टिप्पणी भइरहेका छन्,’ उनले भने

संसदलाई समेत प्रभावमा पार्न खोजेको उनले आरोप लगाएका छन् ।

उनले भने,‘ कसैको दबाब, प्रभावमा काम गरेको छैन । मेरो भूमिका स्वतन्त्र रहेको छ । अहिले जनताले २ सय ७५ जनालाई सार्वभौमसत्ता सुम्पेका छन् । त्यो अधिकार खास-खास बेलामा सभामुखमा केन्द्रित हुन्छ । सबै जनताको भावना बुझेर अघि बढ्नुपर्ने हुन्छ ।’

केही दिनयता प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुखले अनैतिक काम गरेको भन्दै आलोचना गर्दै आएका छन् ।

प्रकाशित मिति : ५ बैशाख २०७८, आइतबार  ४ : ५१ बजे

राष्ट्रिय महिला टिमका ६ क्रिकेटरले मलेसियामा सुपर कप खेल्ने

काठमाडौं- नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका ६ क्रिकेटरले मलेसियाको सुपर

बाँकेमा दुई सय ६५ घरेलु उद्योग बन्द

राँझा– बाँकेमा चालु आर्थिक वर्षको नौ महिनामा दुई सय ६५

कर्णालीमा चालु आवको हालसम्म २५ प्रतिशत मात्रै बजेट खर्च

काँक्रेविहार– प्रदेश संरचना बनेको सात वर्षमा कर्णाली प्रदेशमा पाँच वटा

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : ओली

काठमाडौं– नेपाल (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नीति र