बिस्केट जात्रामा ठड्याइएको लिङ्गो ढालियो | Khabarhub Khabarhub

बिस्केट जात्रामा ठड्याइएको लिङ्गो ढालियो


५ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

भक्तपुर । भक्तपुरमा आठरात नौ दिनसम्म मनाइने बिस्केट जात्राको अन्तिम दिन आइतबार स्थानीय कुमाले टोलमा हात नभएको लिङ्गो ढालिएको छ ।

प्रत्येक वर्ष चैत मसान्तका दिन बिहान तान्त्रिक विधिअनुरूप पूजाअर्चना गरी कुमाले टोलमा ठड्याइएको उक्त लिङ्गो विधिपूर्वक रूपमा पूजाअर्चना गरेर ढालिएको हो ।

बिस्केटमा उठाइने लिङ्गो हेर्नाले शत्रु नाश हुने र बैभव प्राप्त हुने जनविश्वस रहेको जानकारहरूको भनाई छ । बिस्केट जात्रा भित्रको महत्वपूर्ण जात्रा लिङ्गो ठड्याउने जात्रा भएकाले विधिपूर्वक पूजापाठ गरी लिङ्गो ढालिएको जनाइएको छ ।

त्यस्तै भैरवनाथ र भद्रकालीको रथ तानेर शुरू भएको बिस्केट जात्रा अपराह्न भैरवनाथ र भद्रकालीकै रथ तानेर विधिपूर्वक रूपमा सम्पन्न गरिने परम्परा छ ।

प्रकाशित मिति : ५ बैशाख २०७८, आइतबार  ४ : १६ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका