रामबहादुर थापा पुन: गृहमन्त्री नियुक्त, शपथ आजै | Khabarhub Khabarhub

रामबहादुर थापा पुन: गृहमन्त्री नियुक्त, शपथ आजै


५ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले रामबहादुर थापालाई पुन: गृहमन्त्री नियुक्त गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा भण्डारीले थापालाई गृहमन्त्री पुनर्नियुक्त गरेकी हुन् ।

बादललाई संविधानको धारा ७८ को उपधारा (१) अनुसार मन्त्रीमा पुनर्नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ । आइतबारै संघीय संसद् सचिवालयले गृहमन्त्री बादल राष्ट्रियसभा सदस्य नरहेको सूचना टाँस गरेको थियो । सांसदसँगै उनको गृहमन्त्री पद पनि समाप्त भएको थियो ।

गृहमन्त्रीमा पुनर्नियुक्ति पाएका बादललाई आजै शपथ गराउने तयारी रहेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ । उनलाई साँझ ५ बजे शपथ गराउने तयारी रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

रिक्त राष्ट्रियसभा सदस्य पदमा ३५ दिनभित्र उपचुनाव गर्नुपर्ने संवैधानिक प्रावधान छ ।

प्रकाशित मिति : ५ बैशाख २०७८, आइतबार  २ : ०८ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६