अबको ३५ दिनभित्र उपनिर्वाचन गर्नुपर्ने | Khabarhub Khabarhub

अबको ३५ दिनभित्र उपनिर्वाचन गर्नुपर्ने


५ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गृहमन्त्रीसमेत रहेका रामबहादुर थापाको राष्ट्रियसभा सदस्य पद खारेज भएसँगै अबको ३५ दिनभित्र उपनिर्वाचन गर्नुपर्ने भएको छ ।

राष्ट्रियसभा सदस्य निर्वाचन ऐनको दफा ६१ अनुसार थापाको पद खारेज भएसँगै ३५ दिनभित्र उपनिर्वाचन गर्नुपर्ने भएको हो । नेकपा माओवादी केन्द्रले कारबाही गरेपछि र संसद सचिवालयले त्यसको सूचनासमेत प्रकाशन गरेपछि थापाको सांसद पद आजैका मितिबाट खारेज भएको छ ।

राष्ट्रियसभा निर्वाचन ऐनको दफा ६१ मा भनिएको छ, ‘कुनै सदस्यको पदावधि ६ महिनाभन्दा बढि कायम रहँदै कुनै कारणले निजको पद रिक्त भएमा रिक्त भएको ३५ दिनभित्र नेपाल सरकारले तोकेको मितिमा निर्वाचन आयोगले त्यसरी रिक्त सदस्यको पद यो ऐनबमोजिम बाँकी अवधिको लागि उपनिर्वाचनद्वारा दफा ३ बमोजिम पूर्ति गर्नेछ ।’

ऐनको व्यवस्थाअनुसार अब सरकारले ३५ दिनभित्रको मिति तोकेर निर्वाचन आयोगलाई उपनिर्वाचनका लागि व्यवस्था मिलाउन लगाउनुपर्ने व्यवस्था समावेश गरिएको छ ।

यसैबीचमा नेता थापा फेरि गृहमन्त्रीकै सपथ लिने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले थापालाई पुनर्नियुक्ती गरेका हुन् । नेपालको संविधानअनुसार सांसद नभएको व्यक्ति पनि बढिमा ६ महिना मन्त्री बन्न पाउने व्यवस्था छ ।

प्रकाशित मिति : ५ बैशाख २०७८, आइतबार  १ : १९ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६