बाँकेमा चालु आर्थिक वर्षमा ५४६ फरार अभियुक्त पक्राउ | Khabarhub Khabarhub

बाँकेमा चालु आर्थिक वर्षमा ५४६ फरार अभियुक्त पक्राउ


५ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जिल्ला प्रहरी कार्यालय बाँकेले चालू आर्थिक वर्षमा ५४६ फरार अभियुक्तलाई पक्राउ गरेको छ ।

बुधबारमात्रै प्रहरीले कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त बमबहादुर सार्कीलाई पक्राउ गरेको छ । खजुरा गाउँपालिका– ६ निवासी प्रेमबहादुर थापाको हत्या अभियोगमा अदालतले २०७७ कात्तिक २४ गते कर्तव्य ज्यान मुद्दामा दुई महीनाको सजाय सुनाएपछि उनी फरार थिए ।

प्रहरीले छुट्टै टोली नै खटाएर फरार अभियुक्तलाई पक्राउ अभियान चलाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिए । उनका अनुसार यो अवधिमा १०० जति अभियुक्तले अदालतमा पुगेर आत्मसमर्पण गरेका छन् ।

भारतमा लुकेर बसेका केही व्यक्तिलाई नियन्त्रणमा लिनका लागि भारतीय प्रहरीसँग समन्वय भइरहेको छ । प्रहरीको बाँकेमा एक हजार यस्ता फरार अभियुक्त पक्राउ गर्ने योजना छ ।

पक्राउपर्ने फरार अभियुक्तमा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, चोरी, कुटपिट, लुटपाट, बलात्कार, जुवातास, बहुविवाहलगायतका घटनामा संलग्न व्यक्ति रहेको प्रहरी उपरीक्षक रानाले जानकारी दिए ।

फरार अभियुक्त पक्राउसँगै लागुऔषध, शान्तिसुरक्षा, आपराधिक गतिविधि नियन्त्रणलाई पनि प्राथमिकताका साथ राखिएको प्रहरी उपरीक्षक रानाको भनाइ छ । भारतसँगको खुला सीमा जोडिएको हुँदा हुनसक्ने सीमा अपराध, चोरी, निकासी तथा पैठारी नियन्त्रणमा पनि प्रहरी सक्रियता रहेको रानाले जानकारी दिए ।

प्रकाशित मिति : ५ चैत्र २०७७, बिहीबार  ७ : ३५ बजे

बसको ठक्करबाट एक महिलाको मृत्यु

चितवन– पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको

१६औं योजना तर्जुमा अन्तिम चरणमा, लक्ष्य भेट्न ११४ खर्ब चाहिने

काठमाडौं – सरकारले १६औं योजना (आर्थिक वर्ष ०८१/८२–२०८५/८६) तर्जुमा अन्तिम

टिकटकले प्रतिबन्ध हटाउन अमेरिकामा मुद्दा लड्ने

एजेन्सी – चीनसँगको बढ्दो टकरावबीच प्रतिबन्ध लाग्ने सम्भावना बढेपछि टिकटकले

खाना तथा खाजा खाएपछि सुप किन खाइन्छ ?

काठमाडौं– प्रायः हामी खाना खाइसकेपछि सुप चपाउने गर्छौं । न

लगानी सम्मेलन : केही अनुत्तरित प्रश्न

सरकारले ०८१ वैशाख १६ र १७ गते २ दिन अन्तरराष्ट्रिय