अब नेपाल टेलिकमका फोन नम्बरबाट इन्टरनेटविना कारोबार | Khabarhub Khabarhub

अब नेपाल टेलिकमका फोन नम्बरबाट इन्टरनेटविना कारोबार


५ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल टेलिकमको सहायक कम्पनीले मोबाइल भुक्तानी सेवा सञ्चालनका लागि नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरेको छ ।

राष्ट्रिय वाणिज्य बैंक र टेलिकमको संयुक्त लगानी रहेको उक्त कम्पनीले हालै राष्ट्र बैंकबाट स्वीकृति पाएको हो ।

नेपाल डिजिटल पेमेन्ट कम्पनीको रुपमा मोबाइल वालेट सञ्चालनका लागि स्वीकृती प्रदान गरिएको राष्ट्र बैंकको सहप्रवक्ता नारायणप्रसाद पोखरेलले बताए । योसँगै उक्त कम्पनीले नेपाल टेलिकमका मोबाइल नम्बरलाई नै डिजिटल वालेटको रुपमा प्रयोग ल्याउने उल्लेख गरिएको छ ।

लामो समयदेखि आवश्यक प्रक्रिया र पूर्वाधार तयार गरी राष्ट्र बैंकबाट स्वीकृतिको पर्खाइमा रहेको कम्पनीले अब भने सेवा सञ्चान गर्न पाउने भएको छ । राष्ट्र बैंकका अनुसार उक्त कम्पनीले अन्य मोबाइल वालेट कम्पनीजस्तै भुक्तानी सेवा प्रदायकको लागि अनुमति प्राप्त गरेको हो । तर, कम्पनीले नेपाल टेलिकमको सिमकार्ड नम्बरलाई नै लिंक गरेर सेवा दिनेछ ।

प्रवक्ता पोखरेलका अनुसार कम्पनीले राष्ट्र बैंकलाई दिएको जानकारीमा एयरटाइम टप–अपलाई प्रयोगमा ल्याउने छ । यसको अर्थ कम्पनीले नेपाल टेलिकमको मोबाइलमा भएको ब्यालेन्सलाई कारोबार रकमको रुपमा समेत प्रयोगमा ल्याउने छ ।

तर, मोबाइल भुक्तानीका लागि रहने रकम रिचार्ज ब्यालेन्सको रुपमा भन्दा फरक खातामा रहने बताइएको छ ।

प्रकाशित मिति : ५ चैत्र २०७७, बिहीबार  १० : ४५ बजे

पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहनको २५औँ स्मृति दिवस मनाइयो

काठमाडौं– नेपालका पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको २५औँ स्मृति दिवस

पर्वतका ७० वनमा डढेलो, एक हजार चार सय हेक्टर जङ्गल नष्ट

पर्वत– यहाँका विभिन्न वन–जङ्गलमा डढेलो लाग्ने क्रम रोकिएको छैन ।

डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु

खोटाङका डढेलो निभाउने क्रममा एकजना वृद्धले ज्यान गुमाएका छन् ।

कालीकोटकै नमूना स्याउ फोइमहादेवमा

मान्म– कालीकोट जिल्लाकै नमूना स्याउ बगैँचा तिलागुफा नगरपालिका–३ फोइमहादेव गाउँमा

प्रेम सम्बन्धको विवादले धनुषाको औराहीमा तनाव, प्रहरीले हान्यो ९ सेल अश्रुग्यास

 काठमाडौं– धनुषाको औरही गाउँपालिका–१ पौडेसरमा प्रहरी र स्थानीय बासिन्दाबीच बिहीबार