‘इण्डियन आइडल’मा फर्कदै अनु मलिक | Khabarhub Khabarhub

‘इण्डियन आइडल’मा फर्कदै अनु मलिक


५ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउड गायक तथा संगीतकार अनु मलिक एकपटक पुनः ‘इण्डियन आइडल’मा आउने भएका छन् । यसपटक उनको आगमन निर्णायकका रुपमा नभई केवल अतिथीका रुपमा मात्र हुनेछ ।

टाइम्स अफ इण्डियामा प्रकाशित समाचारअनुसार ९० औं भागको यो विशेष श्रृंखलामा अनुका साथ उदित नारायण झा र गीतकार समीरको पनि उपस्थिति हुनेछ ।

‘यो ९० दशकको म्यूजिक विकेन्ड एपिसोड हुनेछ । अनुले ९० को दशकमा कैयौं फिल्मका लागि संगीत सिर्जना गरे । ती गीतहरु चार्टबस्टर रहेका छन्’, समाचारमा लेखिएको छ,‘त्यहीकारण यो एपिसोड अनु मलिक बिना पुरा हुन सक्दैन । त्यसकारण अनु अतिथीका रुपमा आउन लागेका हुन् । अनुसँगै गीतकार समीर र गायक उदित नारायण झाको पनि विशेष उपस्थिति रहनेछ । जसले ९० को दशकको संगीतमा सानदार योगदान दिएका थिए ।’

अनु सुरुवाती समयदेखि नै ‘इण्डियन आइडल’को हिस्सा थिए । तर सिजन १० मा भने उनको स्थानमा जावेद अली आए । यो सिजनमा उनलाई यौन उत्पीडनको आरोप लागेपछि जावेद उनको स्थानमा आएका थिए ।

उनी सिजन ११ मा पुन शोमा आए पनि गायिकाहरु सोना महापात्रा, नेहा भसीन र श्वेता पण्डितले उनको विरुद्ध ट्वीट गरेपछि अनुको स्थानमा हिमेश रेशमियाको आगमन भयो ।

प्रकाशित मिति : ५ चैत्र २०७७, बिहीबार  ११ : २५ बजे

एकै वर्षमा चार लाख २६ हजार पर्यटकले मुस्ताङ घुमे

म्याग्दी – पछिल्लो एक वर्षको अवधिमा चार लाख २६ हजार

पार्किङ गरिएको जहाज भित्रै भेटियो एक किलो सुन

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पार्किङ गरिएको जहाज भित्र नै

नदी कटानका कारण साँघुरिँदै बस्ती

म्याग्दी । म्याग्दी नदीको कटानका कारण बगरफाँट गाउँ साँघुरिँदै गएको

प्रधानसेनापतिद्वारा सैनिक फिल्ड अस्पताल तथा महाविद्यालयको उद्घाटन

बुटवल । प्रधान सेनापति प्रभुराम शर्माले बुटवलमा निर्माण भएको सैनिक

आजका समाचार : मन्त्रिपरिषद् बैठकदेखि लुम्बिनी र मधेशमा सरकार विस्तारसम्म

प्रधानमन्त्री प्रचण्ड र ओली छलफल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र