चेल्सी च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा | Khabarhub Khabarhub

चेल्सी च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा


५ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इंग्लिस क्लब चेल्सी च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा पुगेको छ ।

बुधबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा स्पेनिस क्लब एट्लेटिको मड्रिडलाई २-० ले पराजित गर्दै चेल्सीले अन्तिम आठमा स्थान बनाएको हो ।

चेल्सी समग्रमा ३-० को जितसहित अन्तिम आठमा पुगेको हो । पहिलो लेगमा चेल्सीले एट्लेटिकोलाई १-० ले हराएको थियो ।

घरेलु मैदानमा भएको दोस्रो लेगमा चेल्सीलाई जित दिलाउन हाकिम जिएच र इमर्सनले एक एक गोल गरे ।

यससँगै चेल्सी सात वर्षपछि च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । यसअघि  चेल्सी सन् २०१३/१४ मा क्वाटरफाइनलमा पुगेको थियो ।

प्रकाशित मिति : ५ चैत्र २०७७, बिहीबार  ६ : ३९ बजे

गोरखा भूकम्पको सम्झनामा फोटो प्रदर्शनी हुने

काठमाडौं । गोरखा भूकम्पको सम्झनामा बृहत् फोटो प्रदर्शनी हुने भएको

भक्तपुरमा आगलागीबाट १८ चौपाया मरे

भक्तपुर । सूर्यविनायक नगरपालिका- १, तर्खगालस्थित ओमसाई गाई फर्ममा आज

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द

झापा । झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका सीमानाका आज

युद्धका लागि उमेर पुगेका नागरिकलाई युक्रेनले स्वदेश फिर्ता बोलाउने

युक्रेन – सेनाका लागि सेवा गर्ने उमेर पुगेका पुरुषहरूलाई देश

सुनसरीको भोक्राहामा आगलागीबाट लाखौँको क्षति

सुनसरी – सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ शिवगञ्जस्थित शिशौ टोलमा आज