सुभाषचन्द्र बोसको एक प्रेरक प्रसङ्ग | Khabarhub Khabarhub

सुभाषचन्द्र बोसको एक प्रेरक प्रसङ्ग


५ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सुभाषचन्द्र बोस जर्मनीमा थिए । भारतमा विदेशी सरकार उनीसँग भयभीत थियो । अङ्ग्रेजहरुले नेताजीको निधन भयो भनेर उनका बारेमा भ्रम फैलाउँथे । नेताजीले ती खबर चुपचाप सुन्थे ।

एक पटक यस्तो खबर आयो, सुनेर नेताजीका आँखाबाट तपतप आँसु झर्न थाल्यो । उनका साथीले सुभाषचन्द्रलाई सान्त्वना दिँदै भने— ‘नेताजी तपाईं चिन्तित नहुनुहोस् । कुनै मानिसको जीवनकालमा ऊ मरेको खबर फैलिन्छ भने उसको उमेर बढेर जान्छ ।’

नेताजीले आँसु पुछ्दै भने— यो कुरा त मलाई पनि थाहा छ । अँग्रेजहरुले मेरा बारेमा भ्रामक हल्ला फैलाएकोमा मलाई अलिकति पनि चिन्ता छैन, तर आमाले जब यो खबर पाउलिन् उनलाई कस्तो होला भन्ने कुराले मलाई सताउँछ ।’

नेताजीका आँखा फेरि रसाए ।

साभार : विश्वका उत्कृष्ट प्रेरक प्रसङ्गहरुकिताबबाट

प्रकाशित मिति : ५ चैत्र २०७७, बिहीबार  ६ : ५५ बजे

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ७ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख ७ गते शुक्रबार तदनुसार

आज २०८१ साल वैशाख ७ गते शुक्रबारको राशिफल

काठमाडौँ – आज २०८१ साल वैशाख ७ गते शुक्रबार तदनुसार

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई