सुरक्षा निकायका ६९ अधिकृतहरुले लिए सशस्त्र प्रहरी ‘अपरेशन’का विविध विषयमा प्रशिक्षण | Khabarhub Khabarhub

सुरक्षा निकायका ६९ अधिकृतहरुले लिए सशस्त्र प्रहरी ‘अपरेशन’का विविध विषयमा प्रशिक्षण


६ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सेनाको सैनिक कमाण्ड तथा स्टाफ कोर्ष गरिरहेका चारै सुरक्षा निकाय र ५ देशका विदेशी सुरक्षा अधिकारीहरुले सशस्त्र प्रहरी बल नेपालले गर्ने काम र उसका गतिविधिका विषयमा प्रशिक्षण लिएका छन् ।

सशस्त्र प्रहरी बलको प्रधान कार्यालय हलचोकमा आज उनीहरुलाई एपीएफका विविध विषयमा प्रशिक्षण प्रदान गरिएको हो ।

प्रशिक्षणका अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले यस्ता कार्यक्रमको आयोजनाले सबै सुरक्षा संगठनहरुबीच सुमधुर सम्बन्ध कायम राख्न सहयोग पुर्‍याउने बताए । कार्यक्षेत्रमा खटिँदा आ–आफ्नो भूमिका स्पष्ट रुपमा निर्वाह गर्न समेत सघाउ उनको भनाइ थियो ।

सशस्त्र प्रहरी महानिरीक्षक खनालले नेतृत्व क्षमता तथा कार्यकुशलता अभिबृद्धिमा विशेष भूमिका खेल्ने सो कोर्षमा आफू सहभागी रहँदाको अनुभव स्मरण गर्नुहुँदै उक्त कोर्षका प्रशिक्षार्थीहरुलाई आगामी दिनहरुमा व्यवसायीक जीवनमा पूर्ण सफलताको शुभकामना समेत व्यक्त गरे ।

सो अवसरमा सशस्त्र प्रहरी नायव महानिरीक्षक गणेशबहादुर ठाडामगरले सशस्त्र प्रहरी बल, नेपालको पृष्ठभूमी, म्याण्डेट, सशस्त्र प्रहरी बल, नेपालको संरचना, देशका ७७ वटै जिल्लामा सशस्त्र प्रहरी बल, नेपालको परिचालन, सीमा सुरक्षा व्यवस्थापनमा सशस्त्र प्रहरी बल, नेपालले प्रयोगमा ल्याएको प्रविधि, विपद् व्यवस्थापनमा सशस्त्र प्रहरी बल, नेपालको परिचालन तथा उपलब्धी, हालका विविध सुरक्षा चुनौतीहरु लगायत शान्ति स्थापनार्थ संयुक्त राष्ट्रसंघीय मिशनमा सशस्त्र प्रहरी बल, नेपालको परिचालन लगायतका विविध विषयहरुमा प्रस्तुतीकरण मार्फत प्रशिक्षार्थी अधिकृतहरुलाई प्रशिक्षण प्रदान गरेका थिए ।

सशस्त्र प्रहरी नायव महानिरीक्षक ठाडामगरले प्रशिक्षार्थी अधिकृतहरुले सशस्त्र प्रहरी बल, नेपालको कामकारवाही सम्बन्धमा राखेको जिज्ञासाहरुबारे प्रष्ट पारेका थिए । प्रशिक्षार्थी अधिकृतहरुले सोही अवसरमा सशस्त्र प्रहरी बल, नेपालले विपद् व्यवस्थापनको लागि प्रयोगमा ल्याएको विभिन्न विपद् व्यवस्थापन सामाग्रीहरुको समेत अवलोकन तथा सो बारे जानकारी लिएका थिए ।

सो कोर्षमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभाग, संयुक्त राज्य अमेरीका, बेलायत, नाईजेरिया, श्रीलंका, पाकिस्तान र बंगलादेशका गरी कुल ६९ जना प्रशिक्षार्थी अधिकृतहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा सो कोर्षका सिनियर ईन्स्ट्रक्टर महासेनानी बिमलराज शर्मा लगायत नेपाली सेना तथा सशस्त्र प्रहरी बल, नेपालका अधिकृतहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ६ फाल्गुन २०७७, बिहीबार  ६ : ०३ बजे

४३९ नेपालीको भागमा जम्मा एक प्रहरी 

काठमाडौं– संयुक्त राष्ट्र संघ (युएन) को मापदण्ड अनुसार कम्तिमा ३३३

सेयर बजारमा सामान्य सुधार

काठमाडौं– बिहीबार नेप्से परिसूचक ४.७८ अंकले बढेको छ। अघिल्लो कारोबार

पुँजीगत खर्च गर्न नसक्ने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हरेक आर्थिक वर्षमा बजेट मागिरहने

विकास निर्माणका क्षेत्रमा धेरै काम गर्न बाँकी छ : प्रधानमन्त्री 

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चालु आर्थिक वर्षमा विकास निर्माणका

पहिलो दिनको एसइई परीक्षा शान्तिपूर्ण

भक्तपुर– आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) अन्तर्गत पहिलो