पेट्रोलियम पदार्थमा मूल्य वृद्धिको विरोध गर्दै अनेरास्ववियूद्वारा आयल निगम घेराउ (भिडियोसहित) | Khabarhub Khabarhub

पेट्रोलियम पदार्थमा मूल्य वृद्धिको विरोध गर्दै अनेरास्ववियूद्वारा आयल निगम घेराउ (भिडियोसहित)


६ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धिको विरोध गर्दै नेकपा दाहाल–नेपाल पक्ष निकट विद्यार्थी संगठन अनेरास्ववियूले नेपाल आयल निगमको केन्द्रीय कार्यालय घेराउ गरेको छ।

बिहीबार नेकपाको भ्रातृ संगठन अनेरास्ववियूले बबरमहलस्थित निगमको केन्द्रीय कार्यालय घेराउ गरेको हो । प्रदर्शनमा सहभागीहरुले पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि सरकारले तत्काल फिर्ता लिनुपर्ने भन्दै नारा लगाएका थिए ।

एक हप्तामै दुई पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेपछि त्यसको विरोधमा विद्यार्थीहरु आन्दोलित भएका हुन् ।

हेरौँ भिडियो

उनीहरु बढ्दो महङ्गी नियन्त्रण गर, मूल्य वृद्धिले ढाड सेकियो लगायतका नारा लगाउँदै प्लेकार्डसहति प्रदर्शनमा उत्रिएका थिए ।

आयल निगमले मंगलबार रातिदेखि लागू हुने गरी डिजेल, पेट्रोल, मट्टितेल र आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर दुई रुपैयाँ बढाएको थियो ।

प्रकाशित मिति : ६ फाल्गुन २०७७, बिहीबार  ४ : ५३ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६