सुनील र शिल्पाको तस्वीरमा अक्षयको खोजी | Khabarhub Khabarhub

सुनील र शिल्पाको तस्वीरमा अक्षयको खोजी


६ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउड अभिनेत्री शिल्पा शेट्टी इन्टरनेटमा निकै सक्रिय छिन् । शिल्पाले आफ्नो पोस्टका माध्यमबाट उत्सुक बनाइरहन्छिन् । हालैमात्र उनले एक तस्वीर आफ्नो इन्स्टाग्राम एकाउण्टमा शेयर गरेकी छन् । जुन तस्वीर हेरेर उनका फ्यान खुशी भएका छन् ।

तस्वीरमा शिल्पा फिल्म ‘धड्कन’का कोस्टार सुनील शेट्टी र कास्टिङ निर्देशक मुकेश छाबडा देखिएका छन् । तस्वीरको क्याप्सनमा शिल्पाले ‘देव, अञ्जली र छाबडा… पुराना साथी नयाँ धड्कन । जबकी शेट्टी एकसाथ र बिचारा मुकेश छाबडा । के भन्छौ सुनील शेट्टी?’ भनेर लेखेकी छन् ।

तस्वीर हेरेपछि फ्यानहरुले ‘एउटा सानो धड्कन रियुनियन’ भन्दै अभिनेता अक्षय कुमारको खोजी गरिहेका छन् । एक प्रयोगकर्ताले ‘रामजीलाई पनि बोलाउनु पथ्र्यो नि’ भनेर लेखेका छन् । ‘धड्कन’मा अक्षयले रामको भूमिका निर्वाह गरेका थिए ।

फिल्म ‘धड्कन’को निर्देशक धर्मेश दर्शन हुन् । फिल्मले बक्सअफिसमा राम्रो व्यापार गरेको थियो । फिल्मको सफलतापछि फ्यानले यसको सिक्वेलको पनि चाहना राखेका छन् ।
–एजेन्सी

प्रकाशित मिति : ६ फाल्गुन २०७७, बिहीबार  २ : १५ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६