प्रभु बैंकद्वारा महिला ट्रेकिङ्ग उद्यमीहरुलाई सहुलियत कर्जा प्रदान | Khabarhub Khabarhub

प्रभु बैंकद्वारा महिला ट्रेकिङ्ग उद्यमीहरुलाई सहुलियत कर्जा प्रदान


६ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रभु बैंकले आइडिया स्टुडियो नेपालसँगको सहकार्यमा महिला ट्रेकिङ्ग उद्यमीहरुलाई सहुलियत कर्जा प्रदान गरेको छ ।

बैंकले सहयात्रा समृद्धिको कर्जा योजना अन्तर्गत सोलुखुम्बु जिल्ला, खुम्बु पासाङ्गल्हामु गाउपालिका, वडा नं ३, फाकदिङका विभिन्न २४ महिला ट्रेकिङ्ग उद्यमीहरुलाई सहुलियतपूर्ण कर्जा प्रदान गरेको हो ।

प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले महिला ट्रेकिङ्ग उद्यमीहरुलाई कर्जा प्रमाणपत्र हस्तान्तरण गरी उक्त सहुलियतपूर्ण कर्जा प्रदान गरेको बैंकले जानकारी दिएको छ ।

कोभिड –१९ को मारमा परेको ट्रेकिङ्ग व्यवसाय र नियमित आय आर्जनबाट बिमुख हुन पुगेका महिला ट्रेकिङ्ग उद्यमीहरुलाई ट्रेकिङ्गको लागी चाहिने बन्दोबस्तीका समानहरुको जोहो गरी आफ्नो उद्यम व्यवसायलाई पुनः सुचारु गर्दै जिवनस्तर सुदृढ पार्न यस कर्जाले सहयोग गर्ने बैंकले विश्वास लिएको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०७७, बिहीबार  ८ : १७ बजे

राष्ट्रिय महिला टिमका ६ क्रिकेटरले मलेसियामा सुपर कप खेल्ने

काठमाडौं- नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका ६ क्रिकेटरले मलेसियाको सुपर

बाँकेमा दुई सय ६५ घरेलु उद्योग बन्द

राँझा– बाँकेमा चालु आर्थिक वर्षको नौ महिनामा दुई सय ६५

कर्णालीमा चालु आवको हालसम्म २५ प्रतिशत मात्रै बजेट खर्च

काँक्रेविहार– प्रदेश संरचना बनेको सात वर्षमा कर्णाली प्रदेशमा पाँच वटा

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : ओली

काठमाडौं– नेपाल (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नीति र