सैन्य 'कु' विरूद्ध म्यानमारमा चर्कियो प्रदर्शन, सवारी साधन अवरूद्ध | Khabarhub Khabarhub

सैन्य ‘कु’ विरूद्ध म्यानमारमा चर्कियो प्रदर्शन, सवारी साधन अवरूद्ध


६ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- म्यानमारमा फेब्रुअरी १ मा भएको सैन्य ‘कु’ पछिका प्रदर्शनले ब्यापकता पाउन थालेका छन् ।

सेनाले सत्ता हातमा लिएर संकटकाल लगाएपछि केही समय सर्वसाधारण त्रासमा गुज्रिए पनि पछिल्ला दिनमा प्रदर्शनले ब्यापकता पाउन थालेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

केही दिन यता प्रदर्शनहरू चर्किएका छन् । विभिन्न सहरहरूमा हजारौँको संख्यामा सर्वसाधारण प्रदर्शनमा उत्रिएको बीबीसीले जनाएको छ ।

याङ्गुनमा सवारी चालकहरूले गाडी तेर्साएर सडक अवरुद्ध पारेका छन्। अवज्ञाका कार्यक्रम अन्तर्गत त्यहाँ सडक जाम गरी प्रदर्शन गरिएको छ।

म्यान्डलेमा सुरक्षा अधिकारीहरूले रेलवे स्टेसन नजिकै गोली चलाउँदा एक जना घाइते भएको विवरणहरू आएका छन् ।

प्रदर्शनकारीहरूले नेत्री आङ सान सू चीसहित अन्य जन निर्वाचित नेताहरूको रिहाइको माग गरिरहेका छन् ।

प्रकाशित मिति : ६ फाल्गुन २०७७, बिहीबार  १० : २५ बजे

प्रधानमन्त्री भन्छन् : निजी क्षेत्रलाई समेटेर देश विकासको नयाँ मोडेल बनाऊँ

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रलाई विश्वासमा लिएर देशमा

केमिकल बोकेको ट्रकमा आगलागी

धादिङ– रुपन्देहीको सुनौलीबाट औषधिमा प्रयोग हुने केमिकल लिएर काठमाडौँतर्फ गुडेको

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आह्वान

काठमाडौँ– नेकपा एकीकृत समाजवादीले यही वैशाख २६ गते स्थायी कमिटीको

चैते धानमा किसानको आकर्षण

दाङ– बङ्गलाचुली गाउँपालिका–४ गहतेरा निवासी डोरबहादुर घर्तीले यस वर्ष पनि

वीरगञ्जको अलौमा आगलागी, सात घर जलेर नष्ट

वीरगञ्ज– वीरगञ्ज महानगरपालिका–१७ स्थित अलौमा आज बिहान आगलागी हुँदा सातवटा