छालामा दाद देखियो ? यसरी गर्नुहोस् उपचार | Khabarhub Khabarhub

छालामा दाद देखियो ? यसरी गर्नुहोस् उपचार


६ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दादको समस्याले पनि कतिपय मानिसहरू पीडित छन् । छालामा गोलो गोलो दागहरु हुन्छन्, जसको चारैतर्फ स–साना दानाहरु हुन्छन्, त्यसमा जलन हुन्छ र चिलाउँछ ।

कहिलेकाहीँ पीप पनि निस्किन्छ, त्यसैलाई नै दाद भनिन्छ । अँग्रेजीमा त्यसलाई रिङ्गवार्म भनिन्छ । यो एक ठाउँबाट अर्को ठाउँमा फैलिँदै जान्छ तथा हातखुट्टा, कम्मर, काखी एवं तिघ्रामा सर्दछ । यो विशेष गरी खराब आहार–विहार, मलमूत्र आदिको अवरोध, असन्तुलीत जीवनयापन आदिका कारण लाग्ने गर्छ ।

लक्षण

गोलो दाग र त्यसको पूरै गोलाईमा स–साना राता दानाहरु निस्किनु, दागको बीचको छाला उठेको देखिनु, चिलाउनु एवं एक सानो दागबाट अर्को ठाउँमा फैलिनु आदि यसका लक्षण हुन् ।

घरेलु उपचार

— दूबो, हर्रोको बोक्रा, सिधेनुन, पवारी (एक प्रकारको झार)को बीउ, कने (एक प्रकारको रुख जहाँ सेतो, पहेँलो वा रातो रङ्गको फूल फुल्छ) को बोक्रा— यी सबैलाई दहीमा पिसेर लेप लगाउनाले दाद ठीक हुन्छ ।

— अमलासार गन्धक, सुहामा एवं कपूरलाई मिलाएर लेप लगाउनाले केही दिनमा नै दाद ठीक हुन्छ ।

३. ४ ग्राम नीलोतुथो, ४ ग्राम सुहागा र २० ग्राम बाबरीलाई जलभाडरेको रसमा सात पटक घोलेर लेप लगाउनााले दाद ठीक हुन्छ ।

४. रायोलाई पिसेर लेप लगाउनाले दाद ठीक हुन्छ ।

५. तित्रीको बीउलाई कागतीको रसमा पिसेर लगाउनाले दाद केही दिनमा नै ठीक हुन्छ ।

६. गोमूत्रमा नीमको पात पिसेर लगाउनाले दाद नष्ट हुन्छ ।

साभार : घरेलु आयुर्वेदिक उपचारबाट

प्रकाशित मिति : ६ फाल्गुन २०७७, बिहीबार  ५ : ५९ बजे

विराटनगर मिल्स गोल्डकपको सेमिफाइनलमा

मोरङ । पेमा युवा क्लब विराटनगर ‘मिल्स गोल्डकप फुटबल प्रतियोगिता’

गुल्मीमा भीषण आगलागी, कम्तीमा चार दर्जन घरगोठ जले

गुल्मी । गुल्मीको इस्मा गाउँपालिकामा भीषण आगलागी भएको छ ।

अमेरिका नेपालसँग थप नजिक रहेर काम गर्न इच्छुक देखियो : अर्थमन्त्री

काठमाडौं । अमेरिका भ्रमणबाट आज स्वदेश फर्किएका अर्थमन्त्री वर्षमान पुनले

पाथीभरामा एकैदिन छ हजार बढी भक्तजन

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुकुमलुङ)मा आज एकैदिन छ

टीभेटको विस्तारमा सरकारी प्राथमिकता बढाउनुपर्ने

काठमाडौं । प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम (टीभेट)का क्षेत्रको