सभापति देउवा र वरिष्ठ नेता पौडेलबीच भेटवार्ता | Khabarhub Khabarhub

सभापति देउवा र वरिष्ठ नेता पौडेलबीच भेटवार्ता


५ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ ।

सोमबार अपराह्न सभापति देउवा वरिष्ठ नेता पौडेललाई भेट्न बोहराटार पुगेका हुन्। देउवासँग पौडेलले करिब एक घण्टा छलफल गरेको बुझिएको छ ।

प्रतिनिधिसभा विघटनविरुद्ध पार्टीभित्रबाट फरक-फरक विचार आइरहेका बेला देउवाले बोहोराटारमै पुगेर पौडेललाई भेट्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

भेटमा असोज १२ मा पौडेल पक्षले केन्द्रीय समितिमा पेस गरेको विरोध पत्रका विषयमा छलफल भएको पौडेलको सचिवालयले जनाएको छ ।

प्रतिनिधिसभा विघटनविरुद्ध पार्टीका नेताहरुबाट आइरहेका फरक फरक विचारका विषयमा पनि छलफल भएको जनाइएको छ ।

भेटमा गत बुधवार नेकपाका ‘प्रचण्ड-नेपाल’ पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले आफूसँग राखेको प्रस्तावबारे पनि देउवाले पौडेललाई जानकारी गराएको बुझिएको छ ।

प्रचण्ड- नेपाल समूहलेले सडक संघर्ष, केन्द्रदेखि प्रदेशको सत्ता र निर्वाचनको समीकरणका सन्दर्भमा देउवा सामूह प्रस्ताव राखेका थिए ।

कांग्रेसले संसद विघटनको कदमलाई अलोकत्रान्त्रिक र असंवैधानिक भन्दै विरोधसभालाई निरन्तरता दिँदै आएको छ।

प्रकाशित मिति : ५ माघ २०७७, सोमबार  ९ : २८ बजे

चर्च ब्वाइज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै

धरान– इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी

अध्ययन भन्छ- राति सुत्ने बेलामा भित्री वस्त्र नलगाउनुस्

प्रायः महिलाहरू राती भित्री वस्त्र लगाएर सुत्छन्। तर सामान्यतया रातमा

दिल्लीको लगातार दोस्रो हार : राजस्थान १२ रनले विजयी

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार तदनुसार