ज्येष्ठ नागरिक साक्षर कक्षालाई २० हजार डलर राशिको युनेस्को पुरस्कार | Khabarhub Khabarhub

ज्येष्ठ नागरिक साक्षर कक्षालाई २० हजार डलर राशिको युनेस्को पुरस्कार


५ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ज्येष्ठ नागरिकलाई साक्षर बनाउने अभियानमा संलग्न एजिङ नेपाल नामक संस्थाले युनेस्कोको ‘किङ सेजोङ साक्षरता पुरस्कार’ प्राप्त गरेको छ।

विश्वका दुई देशका संस्थाले पाएको उक्त पुरस्कारमध्ये नेपालको एजिङ नेपालले २० हजार अमेरिकी डलर राशीको पुरस्कार प्राप्त गरेको हो । त्यस्तै सन् २०२० का लागि प्रदान गरिएको सो पुरस्कार बेलायतको वर्ल्ड स्कुलले पनि पाएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री कृष्णगोपाल श्रेष्ठले एजिङ् नेपालका अध्यक्ष कृष्णमुरारी गौतम (चट्याङ् मास्टर)लाई किङ् सेजोङ् युनेस्को पुरस्कार हस्तान्तरण गरेका हुन ।

पुरस्कार वितरण कार्यक्रममा मन्त्री श्रेष्ठले नेपाली संस्थाले यती ठूलो राशीको पुस्कार पाउनु गौरवको विषय भएको बताए ।

पुरस्कारका लागि विश्वभरिका ७६ संस्थाहरुको सिफारिस परेका थिए ।

कार्यक्रममा युनेस्को नेपालका आवासीय प्रतिनिधि क्रिस्टेन मेनहार्टले साक्षरता उन्मुलन गर्न नेपालले गरेको योगदान महत्त्वपूर्ण रहेको चर्चा गर्दै यो पुरस्कारले नेपालको शान बढेको बताए।

कार्यक्रममा शिक्षासचिव गोपीनाथ मैनालीले पुरस्कृत संस्थाले गरेको योगदानको प्रशंसा गर्दै सरकारले थप सहयोग गर्ने बताए।

 

प्रकाशित मिति : ५ माघ २०७७, सोमबार  ७ : १२ बजे

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

चितवनमा बढे बैंकिङ कसुरका उजुरी

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको ९

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको

आरल्याण्ड ए ले दियो नेपाल ए लाई विशाल लक्ष्य

काठमाडौं – पहिलो टी–२० खेलमा आयरल्याण्ड ए ले नेपाल ए

‘पशुपतिप्रसाद’का हनुमानको लहड : प्रेमिकाको आमाको गहना बन्धकी राखेर फिल्ममा लगानी

काठमाडौं – जुन फिल्ममा मुख छोपेर अभिनय गरे रवीन्द्र यही