प्रतिनिधिसभा पुनर्स्थापनाका लागि दलहरु संयुक्त आन्दोलनमा जानैपर्छ : डा. भट्टराई | Khabarhub Khabarhub

प्रतिनिधिसभा पुनर्स्थापनाका लागि दलहरु संयुक्त आन्दोलनमा जानैपर्छ : डा. भट्टराई


५ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईले प्रतिनिधिसभा पुनर्स्थापनाका संयुक्त रूपमा दलहरू आन्दोलनमा जानुपर्ने बताएका छन ।

गणेशमान सिंह तथा शहीद स्मृति प्रतिष्ठानले सोमबार काठमाडौं आयोजना गरेको कार्यक्रममा उनले शक्ति प्रदर्शनले बाह्य चलखेल रोकिने र अदालतले पनि सही निर्णय गर्ने बताए ।

अदालतबाट प्रतिनिधि सभा पुनर्स्थापना नहुने अवस्था र बाहिरी हस्तक्षेप बढ्दै जाने हो भने हातमा दही जमाएर नबस्ने पनि भट्टराईले बताए ।
उनले संविधानसभा अगाडि १२ बुँदे सहमतिमा हस्ताक्षर गरेका पक्षधर कमजोर हुँदा अहिलेको अवस्था आएको दाबी गरे । अहिलेको घटनालाई सैवैधानिक हिसाब र राजनीतिक हिसाबले हेर्नुपर्ने उहाको भनाइ छ ।

कार्यक्रममा कांग्रेस नेता कृष्ण प्रसाद सिटौलाले पार्टीभित्रको झगडाको रिस केपी ओलीले राष्ट्रमाथि पोखेको बताए ।

उनले अदालतले संविधान अनुसार फैसला नगरे नागरिकको भरोसा टुट्ने धारणा राखेका थिए । सिटौलाले बाध्यात्मक परिस्थितिमा मात्र संसद बिघटन हुने व्यवस्थामात्र संविधानमा रहेको तर्क गरे ।

उनले निर्वाचनमा जान कांग्रेसले हतारो गर्न नहुने र असंवैधानिक कदमबिरुद्ध संघर्ष गर्नुपर्ने उनको जिकिर थियो ।

प्रकाशित मिति : ५ माघ २०७७, सोमबार  ५ : ०३ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन