सुडानको डार्फरमा झडप, कम्तीमा ८३ जनाको मृत्यु « Khabarhub

सुडानको डार्फरमा झडप, कम्तीमा ८३ जनाको मृत्यु


५ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- सुडानको पश्चिमी डार्फर राज्यको राजधानी एल जेनिनामा सशस्त्र मिलिशियाद्वारा गरिएको आक्रमणमा कम्तीमा ८३ जनाको मृत्यु भएको छ ।

सुडानी राज्य सञ्चालित समाचार संस्था (सुना न्यूज एजेन्सी)का अनुसार शनिबारदेखि जारी झडपमा  कम्तीमा ८३ व्यक्तिको मृत्यु छ । अन्य १६० व्यक्ति घाइते भएको जनाइएको छ।

‘शनिबार बिहानदेखि एल जेनिना शहरमा भएका रक्तपातपूर्ण घटनाहरू अझै जारी रहेका छन्, जसमा हाम्रो तथ्याङ्क अनुसार ८३ जना मारिएका र १६० जना घाइते भएका छन्,’ सुनाले पश्चिम डार्फर राज्यमा रहेको चिकित्सकहरूको समितिलाई उद्धृत गर्दै भनेको छ ।

सुरक्षा बल र मेडिकल सेवासहितको यातायातका साधनहरू उपलब्ध गराउन सरकारलाई आग्रह गरिएको उक्त समितिले थप जानकारी दिएको छ ।

पश्चिम डार्फरमा शनिबारदेखि चलेको यस घटनालाई नियन्त्रणमा लिन स्थानीय अधिकारीहरूले निषेधाज्ञा आदेश  समेत जारी गरेका छन् ।

प्रकाशित मिति : ५ माघ २०७७, सोमबार  २ : ४० बजे

आठबिसकोटमा खरको छाना विस्थापित गर्न जस्तापाता वितरण

सुर्खेत – रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाले खरको छानामुक्त बनाउने कार्य

वर्षायाममा जारको पानी सकेसम्म उमालेर पिउनुपर्छ

गर्मी महिनासँगै वर्षायाम पनि सुरु भएको छ । अब वर्षायाममा

युक्रेनको सेभेरोदोनेत्स्क सहर रुसी सेनाको कब्जामा 

मस्को – हप्तौँको लडाइँपछि युक्रेनी सहर सेभेरोदोनेत्स्क अब रुसी सेनाले

लुम्ले र जुमलेटीमा भारी वर्षा, बाढीको जोखिम

काठमाडौँ – मनसुनी वायु सक्रिय भएसँगै वर्षा हुने क्रम बढेको

जीतपुर-सीमरा नगर उद्योग वाणिज्य संघको निर्वाचन : मतगणना आज

बारा – जीतपुर-सीमरा नगर उद्योग वाणिज्य संघको नेतृत्व चयनका लागि