एम्बुलेन्स र अटो ठोकिँदा दुई जनाको मृत्यु | Khabarhub Khabarhub

एम्बुलेन्स र अटो ठोकिँदा दुई जनाको मृत्यु


५ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- झापाको दमकमा आज बिहान एम्बुलेन्स र अटो ठोकिँदा दुई जनाको मृत्यु भएको छ ।

ट्राफिक प्रहरीका अनुसार पूर्वपश्चिम राजमार्गको दमक– ४ स्थित ताराबारी सडकखण्डमा पूर्वबाट पश्चिम जाँदै गरेको मे१च १२४६ नम्बरको सुत्केरी बोकेको एम्बुलेन्स र विपरीत दिशाबाट आउँदै गरेको अटो रिक्सा एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको हो ।

बिहान करीब ९:४५ बजेतिर भएको सो दुर्घटनामा अटो रिक्साका चालक मोरङ, उर्लाबारी नगरपालिका– ४ का ५० वर्षीय वीरेन्द्र बुढाथोकी र त्यसमा सवार झापाका रमेश श्रेष्ठको मृत्यु भएको हो । दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् ।

प्रकाशित मिति : ५ माघ २०७७, सोमबार  १२ : ५० बजे

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ७ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख ७ गते शुक्रबार तदनुसार

आज २०८१ साल वैशाख ७ गते शुक्रबारको राशिफल

काठमाडौँ – आज २०८१ साल वैशाख ७ गते शुक्रबार तदनुसार

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई