चीनमा विदेशी सञ्चार माध्यमलाई गाह्रो « Khabarhub
Logo
२ कार्तिक २०७८, मंगलबार

चीनमा विदेशी सञ्चार माध्यमलाई गाह्रो



चीनको सिन्जियान क्षेत्रको सच्चाइ बाहिर ल्याउन कोशिस गर्ने विदेशी पत्रकारहरूलाई प्रतिबन्ध लगाउनुको अलावा चीन सरकारको अर्को रणनीति पनि छ । त्यो हो, स्वतन्त्र मिडिया कभरेजलाई ‘झुठो समाचार’ को ठप्पा लगाउनु ।

रातको समयमा सिन्जियानको मरभूमि क्षेत्रको हाइवेमा यात्रा गरिरहेका हामीले केही गाडीले हाम्रो पिछा गरेको पायौँ । यी गाडी हामी सिन्जियान प्रवेश गर्नेबित्तिकै हाम्रो पछि लागेका थिए । हाइवेमा ती गाडी निकै तेज गतिमा चल्थे र कहिलेकाहीँ त हाम्रो नजिक पनि आइपुग्थे ।

ती गाडीमा सवार मानिसले आफ्नो परिचय हामीमाझ खोलेनन् तर एउटा शहरमा हामीलाई त्यो क्षेत्रबाट बाहिर जान दबाब दिए । तिनीहरूले गल्ली र पसलमा पनि हाम्रो पिछा गरिरहेका थिए । यहाँसम्म कि उनीहरू पसलवालालाई हामीलाई केही नदिन पनि भन्दै थिए ।

यी सबै कठिनाइका बाबजुद हामीले चीनको सरकारी दस्तावेजका आधारमा केही तथ्य फेला पारेका छौँ । यसमा केही नयाँ तथ्यहरू पनि सामेल छन् ।

दस्तावेजलाई आधार मान्ने हो भने हजारौँको संख्यामा विगर मुसलमान र अन्य अल्पसंख्यक समुदायका मानिस कपास टिप्ने काममा लगाइन्छन् । विश्व बजारमा आउने कुल कपासको बीस प्रतिशत चीनको यही क्षेत्रबाट मात्रै आउँछ ।

चीनको कम्युनिष्ट पार्टीले सञ्चालन गरेको मिडियाले हाम्रो रिपोर्टका विषयमा आफ्नो छुट्टै रिपोर्ट तयार गरेको छ । जसमा भनिएको छ, बीबीसीले चीन सरकारले गरेको कामलाई बढाईचढाई व्याख्या गरेको छ । चीनका मिडियाले हाम्रो रिपोर्टलाई ‘फेक न्युज’ भनेका छन् ।

चीनको अंग्रेजी भाषाको पत्रिका द चाइना डेलीले एक भिडियो नै बनाएको छ जुन चिनियाँ सामाजिक सञ्जालमा मात्रै होइन अन्य अन्तर्राष्ट्रिय साइटमा पनि पोस्ट गरिएको छ ।

चीनको ‘असामान्य हमला’

हन्ना बेली अक्फोर्ड इन्टरन्याशनल इन्स्टिच्युटमा चिनियाँ सरकारले डिजिटल माध्यममा गर्ने दुष्प्रचारसम्बन्धी विशेषज्ञ हुन् । उनी भन्छन्, ‘खासगरी चिनियाँ दर्शकलाई मध्यनजर गरेर बनाइएको सामग्रीमा पश्चिमा देशलाई बढी नै आलोचना गर्ने गरिन्छ भने देखिने गरी नै यस्ता सामग्रीमा राष्ट्रवादी भावना जगाउने किसिमका हुन्छन् । तर, अन्तर्राष्ट्रिय दर्शकलाई मध्यनजर गरी बनाइएको सामग्रीमा संयमता अपनाइएको हुन्छ । तर द चाइना डेलीमा लेखिएको सामग्री जुन अंग्रेजी भाषामा थियो त्यसमा बीबीसी लक्ष्यित हमलालाई सामान्य मान्न सकिँदैन ।’

आन्तरिकरूपमा विदेशी मिडियामाथि आक्रमण गर्दा चीनलाई अप्ठेरो पनि पर्न सक्छ । यसो गर्दा सार्वजनिकरूपमा बाहिर नआएका अन्य घटना पनि बाहिर आउन सक्छन् ।

उनलाई के विश्वास छ भने यो स्पष्ट रूपमा अन्तर्राष्ट्रिय र घरेलु दर्शक दुवैलाई ध्यानमा राखेर बनाइएको हो, जुन पछिल्लो रणनीतिबाट धेरै टाढा छ ।

निरन्तर पिछा

यो रिपोर्टमा बीबीसीमाथि लगाइएको आरोप घटनास्थलमा पुगेका पुलिस अधिकारीले दिएको फुटेजका आधारमा हो । द चाइना डेलीले यो फुटेजको आधारमा बीबीसी टिम र पुलिसबीच भएको हल्लकाफुल्का बहसलाई समाचारको आधार मानेको छ । उनीहरूले उक्त घटनालाई बीबीसीले बढाईचढाई गरेको आरोप लगाएका छन् ।

द चाइना डेलीले उक्त फुटेजका विषयमा कही पनि बताएको छैन, जुन फुटेज स्थानीय प्रशासनले हामीसँगबाट जबरजस्ती डिलिट गराएको थियो । खासमा चिनियाँ पत्रिकामा प्रकाशित समाचारमा न त घटनाको पूरै मामिला बताइएको छ न त बीबीसीलाई आफ्नो पक्ष राख्ने अवसर दिइएको छ ।

हामीले गरेको ७२ घण्टाको सिन्जियान यात्राका क्रममा लगातार हाम्रो पिछा गरिएको थियो । यस क्रममा पाँचपटक यस्तो मोड आयो जहाँ हामीलाई सार्वजनिकरूपमा नै भिडियो संकलन गर्नबाट रोक लगाइयो । केही अवसरमा त हामीमाथि हिंसा नै प्रयोग गर्न खोजियो ।

भिडियो डिलिट गराइयो

कमसेकम दुईपटक यस्तो अवस्था आयो जहाँ हामीलाई ‘अरूको निजत्व हनन गरेको’ आरोप लाग्यो । यो किन भयो भने हामीलाई रोक्न खोज्ने मानिस नै हाम्रो क्यामेरा अगाडि आएको थियो । यो सबै घटनाको प्रत्यक्षदर्शी रहेका चिनियाँ प्रहरीलाई फेरि हाम्रो भिडियो डिलिट गर्न लगाए । एकपटक त हामीलाई केही समयका लागि नजरबन्दी नै बनाइयो । हामीले खेतमा काम गर्दै गरेको चिनियाँ किसानको भिडियो लिएका थियौँ । चिनियाँ प्रहरीका अनुसार त्यसो गर्नु ती किसानको निजत्वमाथिको आक्रमण थियो ।

एक चिनियाँ महिला पुलिसले हामी त्यहाँ आएपछि हामी बसेको होटलमा आएर विदेशी नागरिकको अधिकारका विषयमा बताउनुका साथै चेतावनी पनि दिएकी थिइन् । यहाँसम्म कि होटलका कर्मचारीले बताएअनुसार जबसम्म हाम्रो भेट पुलिससँग हुँदैन तबसम्म हामीलाई होटलबाट बाहिर जाने अनुमति छैन ।

चिनियाँ सरकारको यो प्रोपोगान्डाले सिन्जियानका विषयमा अन्तर्राष्ट्रिय कवरेजले उसको प्रतिष्ठामा कति आँच पुग्छ भन्ने देखाउँछ ।

आन्तरिकरूपमा विदेशी मिडियामाथि आक्रमण गर्दा चीनलाई अप्ठेरो पनि पर्न सक्छ । यसो गर्दा सार्वजनिकरूपमा बाहिर नआएका अन्य घटना पनि बाहिर आउन सक्छन् ।

सन् २०१९ मा मानिसको एक समूहलाई कपडा मिल र पुनः शिक्षा केन्द्र शिविरमा राखिएको स्याटलाइट तस्वीर बाहिर आएको थियो । यो क्षेत्रको आन्तरिक सुरक्षाका लागि मानिसमाथि कडा नजर राखिन्छ ।

चाइना डेली यी भिडियोको कुनै मतलब नभएको दाबी गर्छ । उसका अनुसार उक्त शिविर सन् २०१८ मा नै बन्द गरिएको थियो । चीन सरकार यी केन्द्रहरूलाई भोकेशनल टे«निङ सेन्टर भन्छ । द चाइना डेलीको रिपोर्टमा पनि त्यही उल्लेख छ ।

एकछिनलाई उनीहरूको कुरा मानि हालियो भने पनि जुन बेला स्याटलाइट तस्बिर लिइएको थियो, उक्त समयमा क्याम्प चालु अवस्थामा थियो । यो आफैँमा एक मजबुत आधार हो छानवीका लागि ।

जे होस्, चीन र पश्चिमा देशका दर्शक यो विषयमा छलफल गर्न सक्छन् कि स्याटलाइटमा देखाइएको तस्वीर आखिर के हो ? के उनीहरूलाई क्याम्प र फ्याक्ट्रिबीच लगिएको थियो ? उनीहरूले गरेको काम के आफ्नै इच्छाले गरेका थिए ?

द चाइना डेलीमा दिएको एक अन्तर्वार्तामा एक चिनियाँ महिला पुलिसले हामी त्यहाँ आएपछि हामी बसेको होटलमा आएर विदेशी नागरिकको अधिकारका विषयमा बताउनुका साथै चेतावनी पनि दिएकी थिइन् । यहाँसम्म कि होटलका कर्मचारीले बताएअनुसार जबसम्म हाम्रो भेट पुलिससँग हुँदैन तबसम्म हामीलाई होटलबाट बाहिर जाने अनुमति छैन ।

हामीसँगको भेटमा दुई प्रोपोगान्डा अधिकारी पनि सँगै थिए जसलाई हामीसँग बस्ने आदेश थियो । उनीहरू पनि अन्य कारणले जस्तै हामीलाई पिछा गरिरहेक थिए । जसरी हाम्रो रिपोर्टलाई फेक न्युज भनियो, त्यसरी नै अर्को प्रोपगाण्ड रिपोर्ट तयार भएको थियो । सबुत मेटाउने हिसाबमा यो काम संयमताका साथ गरिएको थियो ।

चीन प्रशासनले विदेशी मिडियामा लगातार प्रतिबन्ध बढाइरहेको छ । उनीहरूलाई कम समयको भिसा सेवा दिइएको छ । विदेशी पत्रकारलाई मान्यता दिने प्रक्रियाको फाइदा पनि उठाइएको छ ।

उनीहरूको ध्यान यताबाट उता कुरा नजाओस् भन्नेमा थियो । यो सबै कहानी आफ्नो नियन्त्रण बनाइराख्ने कोशिसको हो, जसको तार चिनियाँ सरकारसँग जोडिएको छ ।

सिन्जियानको क्याम्पमा हजारौँ विगर मुस्लिमलाई नजरबन्द राखिएको बताइन्छ । बेइजिङ पुगेपछि हामीलाई चिनियाँ अधिकारीले फेरि भेट्न बोलाए । हामीलाई फ्याक्ट्रिको भिडियो लिनुअघि कसैलाई सोध्नुपर्ने बताए ।

यसरी चीन प्रशासनले विदेशी मिडियामा लगातार प्रतिबन्ध बढाइरहेको छ । उनीहरूलाई कम समयको भिसा सेवा दिइएको छ । विदेशी पत्रकारलाई मान्यता दिने प्रक्रियाको फाइदा पनि उठाइएको छ ।

उनीहरूलाई चेतावनी पनि दिइएको छ । यदि उनीहरूको कवरेज सरकारी मापदण्डअनुसार भएन भने दोस्रोपटक उनीहरूलाई अनुमति दिइने छैन । मेरो रिपोर्ट प्रकाशन भएपछि चाइना डेलीले बीबीसीले गुप्त क्यामेरा प्रयोग गरेको आरोप लगाएको छ, जुन मैल गरेको छैन ।

अक्फोर्ड इन्टरन्याशनल इन्स्टिच्युउटकी हन्ना बेली भन्छिन्, ‘अन्तर्राष्ट्रिय र घरेलु स्तरमा हुने चर्चालाई प्रभावित गर्न चीनले पहिला पनि धेरै तरिका अपनाउने गथ्र्यो । तर, अब चीनको प्रोपोगान्डा अन्तर्राष्ट्रियरूपमा धेरै आलोचित भएको छ ।’

हामीले द चाइना डेलीमा प्रकाशित समाचारमा आफ्नो पक्ष राख्ने मौका मागेका थियौँ । मौका नदिए पनि उनीहरूले सिन्जियानमा केही पनि काम जबर्जस्त नगराइएको कुरा दोहोर्‍याए ।

(बीबीसीमा कार्यरत सडवर्थको यो लेख १५ जनवरी २०२१ मा प्रकाशित भएको थियो । उक्त लेख खबरहबका लागि पुरुषोत्तम पौडेलले भावानुवाद गरेका हुन् ।)


भर्खर

0