बार्सिलोना ३–२ले पराजित, बिल्बाओ बन्यो च्याम्पियन | Khabarhub Khabarhub

बार्सिलोना ३–२ले पराजित, बिल्बाओ बन्यो च्याम्पियन


५ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एथ्लेटिक बिल्बाओले स्पेनिस सुपर कप फुटबलको उपाधि जितेको छ । आइतबार राति भएको फाइनलमा बार्सिलोनालाई अतिरिक्त समयमा ३-२ गोल अन्तरले पराजित गर्दै बिल्बाओ च्याम्पियन बनेको हो ।

निर्धारित समय २-२ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयमा इनाकी विलियम्सले गोल गर्दै बिल्बाओलाई जित दिलाए ।

यस्तै अतिरिक्त समयमा बार्सिलोनाका १० खेलाडीमा समेटिएको थियो । लियोनल मेस्सीले रातो कार्ड पाएका थिए । बिल्बाओका भिलालिब्रालाई फाउल गरेपछि मेस्सीले रातो कार्ड पाएका थिए ।

बार्सिलोनाको फुटबल करियरमा मेस्सीको यो पहिलो रातो कार्ड हो । अतिरिक्त समयमा धकेलिनु अघि एन्टोनी ग्रीजम्यानले ४० औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए ।

तर, ४२ औं मिनेटमा ओस्कार डी मार्कोसले गोल गर्दै बिल्बाओलाई १-१ गोलको बराबरीमा ल्याए । खेलको ७७ औं मिनेटमा ग्रीजम्यानले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई २-१ को अग्रता दिलाए ।

तर, खेलको ९० औं मिनेटमा इजर भिलालिब्राले गोल गर्दै बिल्बाओलाई २-२ को बराबरीमा ल्याएका थिए ।

प्रकाशित मिति : ५ माघ २०७७, सोमबार  ७ : ५९ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०