बैतडीमा सरकारी संरचना अपांगमैत्री नहुँदा समस्या | Khabarhub Khabarhub

बैतडीमा सरकारी संरचना अपांगमैत्री नहुँदा समस्या


३१ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी– बैतडीमा सरकारी कार्यालयका भवन संरचनाहरू अपांगमैत्री नहुदाँ अपांगता भएका व्यक्तिहरूलाई समस्या भएको छ । बैतडीका कुनै पनि स्थानीय तहका भवन अपांगमैत्री नभएको अपांगता भएका नागरिकहरूको पुर्नस्थापना केन्द्र बैतडीका अध्यक्ष अम्वादत्त भट्टले बताए ।

सेवा प्रदायक निकाय समक्ष पुग्न नसक्दा अपांगता भएका व्यक्तिका समस्या सरोकारवाला निकायसामु नपुगेको उनले बताए । ‘अपांगतामैत्री संरचना नहुँदा हामी सरोकारवाला व्यक्तिलाई भेट्नै पाउँदैनौँ । हाम्रो आवाज सरोकारवाला निकायसँग नपुग्दा हाम्रा लागि आउने बजेट कता खर्च गर्छन् । केही थाहा छैन् । आएको बजेट उनीहरूकै लागी पुग्दैन् होला हामीलाई के दिन्थे ?’, उनले भने । हरेक भौतिक संरचनाहरू अपांगमैत्री बन्नुपर्नेमा उनको जोड रहेको छ ।

गाउँसमाजमा बिभिन्न प्रकृतिका अपांगता भएका नागरिकहरू रहेका छन् । कोही दुष्टिविहीन छन् भने धेरैजसो हातखुट्टाका अपांग, बोल्न नसक्ने, कान नसुन्ने लगायतका फरक क्षमता भएका व्यक्ति रहेका छन् ।

सरकारी संरचना अपांगमैत्री नबनेको खण्डमा योजना पास नगर्ने नियम भए पनि बैतडीका कुनै सरकारी संरचना अपांगमैत्री नबन्नु दुःखको कुरा भएको दृष्टिविहीन संघका सुदुरपश्चिम प्रदेश सदस्य चन्द्रदेव जोसीले बताए ।

नेपालमा ३० लाख बढी अपांगता भएका व्यक्तिहरू रहेका भए पनि उनीहरूका माग सुनिश्चित हुन नसकेको जोसीले बताए । बैतडीमा बनेका सरकारी भवन, सार्वजनिक शौचालय, धारा, बाटो लगायतका कुनै पनि संरचना अपांगमैत्री नभएको उनले बताए ।

प्रकाशित मिति : ३१ आश्विन २०७८, आइतबार  ७ : ४० बजे

आयोजनाको ठेक्का अवधि सकियो, प्रगति निराशाजनक

गण्डकी– पर्यटकीय राजधानी पोखरामा विद्युत् वितरण प्रणालीलाई भूमिगत गर्ने आयोजनाको

बझाङमा एमाले उम्मेदवार भण्डारीलाई पितृशाेक

बझाङ प्रदेश सभा क्षेत्र नं. १ काे उपनिर्वाचनमा नेकपा (एमाले)का

मलेसियाली नौसेनाका दुई हेलिकप्टर आपसमा ठोक्किँदा १० जनाको मृत्यु

काठमाडौं- सैनिक अभ्यासका क्रममा मलेसियाली नौसेनाका दुईवटा हेलिकप्टर आपसमा ठोक्किँदा

कतारी अमिरको नेपाल भ्रमण, सुरक्षा व्यवस्था कडा

काठमाडौं– कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल

भोजपुर सदरमुकाममा आगलागी, एक घर जलेर नष्ट

भोजपुर सदरमुकाममा मंगलबार बिहान आगलागी भएको छ। जिल्ला प्रहरी कार्यालयबाट